काठमाडौं । कवि अमर बान्तुको एकल कविता वाचन सम्पन्न भएको छ । कवि तथा गीतकार अमर बान्तुले आफ्ना काव्य रचनाहरू वाचन गरे ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीद्वारा उद्घाटित उक्त कार्यक्रममा कवि शशी लुमुम्बूले कवि अमर बान्तुको परिचय दिएका थिए । परिचय पछि कवि बान्तुले कविता वाचन गरेका थिए ।
करिब एक घन्टामा कवि बान्तुले विभिन्न कविता वाचन गरे । जसमा ‘होची मिन्ह’, ‘पोलपोट’लगायतका कविता सुनाएका थिए भने केही प्रेमिल गजल पनि वाचन गरे । कार्यक्रममा उनले ‘घरबेटी’, ‘चोकमा गफिनेहरू’, ‘मेरी प्रिय कविता’लगायतका रचना पनि वाचन गरेका थिए ।
प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले बान्तु बहुमखी प्रतिभाका धनी भएको बताए । उनले साहित्य साधनाका साथै व्यावसाय र समाजसेवामा उत्तिकै लगावका साथ लागिपरेको उल्लेख गरे ।
मिलाप मासिकको आयोजनामा सम्पन्न कार्यक्रममा मिलापका सम्पादक कृष्ण भुसाल, कवि एस्पी कोइराला, कवि श्रवण मुकारुङ र अनन्त भेटवालले बोलेका थिए ।