काठमाडौं । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ र नेपाल तरुण दल नेतृत्वविहीन बन्न पुगेको छ ।
पार्टीको १४औँ महाधिवेशनमा नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गाना र तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेत केन्द्रीय सदस्य पदमा निर्वाचित भएसँगै पार्टीका दुई भ्रातृ संस्था नेतृत्व विहीन बन्न पुगेका हुन् ।
वि.सं. २०७३ कात्तिक ३० सम्पन्न तरुण दलको पोखरा अधिवेशनबाट अध्यक्ष बनेका बस्नेत र वि.सं.२०७६ माघ १६ गते १२औँ महाधिवेशन सम्पन्न गर्नका लागि बनेको तदर्थ समितिका अध्यक्ष ढुङ्गाना (खुलातर्फ) केन्द्रीय सदस्य निर्वाचित भएपछि नेविसङ्घ र तरुण दल नेतृत्व विहीन बनेको हो ।
पार्टीको खुलातर्फ केन्द्रीय सदस्यको आइतबार सम्पन्न मतगणनामा बस्नेत दुई हजार ५५७ र ढुङ्गाना एक हजार ८९६ मत ल्याएर निर्वाचित भएका थिए । रासस