site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यस्ताे छ एनसेलको व्यवसायी लक्षित ‘एनसेल बिजलाइट’ प्रिपेड प्लान
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । साना तथा मझौला व्यवसायी र कार्यालयहरुलाई लक्षित गरी एनसेलको आकर्षक योजना ल्याएको छ । एनसेल आजियाटा लिमिटेडले आधुनिक प्रिपेड प्लान ‘एनसेल बिजलाइट’ योजना संचालनमा ल्याएको हो । 

योजनामा मासिक कुनै निश्चित रकम तिर्न पर्ने बाध्यता बिना सहजै प्रिपेड सेवा लिन सकिन्छ । साना तथा मझौला व्यवसायी र स–साना कार्यलयहरुलाई ध्यानमा राखि ल्याइएको यो योजनामा कम शुल्कमा पेजी, सीयूजी, अन नेट र अफनेट कल सेवालगायत विषेशताहरु रहेको एनसेलले जनाएको छ । रिचार्जमा बोनस डेटा पाउने सुविधा पनि रहेको छ भने रिचार्जमा समयसीमा नरहने व्यवस्था रहेको जनाइएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

बिजनेस सधैँ अन थिमअन्तर्गत शुक्रबारबाट लागु हुनेगरि यो योजना ल्याइएको हो । 

सरल रुपमा प्रचलित प्रिपेड सेवामा जस्तै यो सेवा लिएर सुलभ दरमा आफ्नो सीयूजी समूहअर्थात कार्यालयका साथीहरुसँग करसहित ३० पैसा प्रतिमिनेटका दरमा कूरा गर्न सक्छन् । त्यसैगरी पेजी अन नेट र अफ नेट कल सेवा पनि कर सहितमात्र रु १.३० प्रतिमिनेटमा उपलब्ध हुन्छ । यसका साथै ग्राहकले पेजी डेटा सेवा रु १.३० प्रतिएमबी र पेजीएसएमएस सेवापनिप्रति एसएसएस रु १.३० मा पाउँछन् ।

Royal Enfield Island Ad

ग्राहकले एकपटक मात्र कर सहितमात्र रु १५० मा बिजलाइट प्रिपेड प्लान सजिलै सुचारु गर्न सक्छन् । यो प्लान सुचारु भए पछि ग्राहकले रु ३५ मेनब्यालेन्स सहित सात दिनको समयसीमा रहेको ५०० एमबी डेटा पनि प्राप्त गर्ने जनाइएको छ । यसको साथै ३० दिन सम्ममाजम्मा रु २०० को रिचार्ज गरेमा ग्राहकले ७ दिनको समयसीमा रहेको १ जीबी डेटा पनि प्राप्त हुने कम्पनीले जनाएको छ । 

यस प्लानमा रहेका अन्य सुविधाअन्तर्गत ग्राहकले आफ्नो सञ्चार सेवाको आवश्यकताअनुसार विभिन्न एड अन प्याकहरु पनि खरिद गर्न सक्छन् । ग्राहकले उपलब्ध प्रिपेड डेटा प्याक, बिजप्लस रिकरिङ् प्याकअन्तर्गत २ जीबी÷४ जीबी÷६ जीबी डेटा प्याक, वानटाइम ३ जीबी÷५ जीबीप्याक र कम्बो प्याकहरु खरिद गर्न सक्छन् । कम्बो प्याकअन्तर्गत ग्राहकले भ्वाइस, डेटा र एसएमएस सेवा बण्डलिङ् सहितको रु २०० को कम्बो सिल्भर, रु ३०० को कम्बो गोल्ड वा रु ३५० को कम्बो प्लाटिनम प्याक पनि लिन सक्ने एनसेलले जनाएको छ । 

बिजलाइट योजनाले साना तथा मझौला व्यवसायहरु र स–साना कार्यालयहरुलाई आधुनिक व्यवसायका लागि आवश्यक सञ्चार सुविधाहरु प्रदान गर्दै उनीहरुका बिजनेस कम्युनिकेसनलाई अभिवृद्घि गर्न मद्दत गर्ने एनसेलले जनाएको छ । यस प्रिपेड योजनाका साथ एनसेलले ग्राहकलाई बिना कुनै निश्चित अग्रिम मासिक शुल्क सेवा प्रदान गर्ने जनाइएको छ ।  

यस योजनाबाट लाभ लिन इच्छुक व्यवसाय वा कुनै पनि संस्थासँग आवद्घ व्यक्तिहरुले कम्तिमा २ सिमकार्ड लिनु पर्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २, २०७८  १२:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro