काठमाडौं । चौधरी ग्रुपअन्तर्गतको सीजी ब्रुअरीले पहिलोपटक टिमुर बियर नेपाली बजारमा ल्याएको छ । नेपाल आइस ब्रान्डअन्तर्गत टिमुर बियर उत्पादन गरिएको हो ।
उक्त बियर नेपालमा उपलब्ध स्थानीय जडीबुटी टिमुरको सम्मिश्रणबाट तयार पारिएको सीजी ब्रुअरीले जनाएको छ ।
टिमुरको स्वादमा उत्पादन गरिएको योे बियरले उपभोक्तालाई भरपुर सन्तुष्टि दिने विश्वास लिएको कम्पनीले जनाएको छ ।
नेपाली समाजमा परम्परादेखि टिमुरलाई चिसोबाट जोगिनका लगि उपभोग गरिँदै आएको छ । टिमुरको सम्मिश्रणबाट उत्पादित यो बियर जाडो मौसममा पिउनका लागि उत्कृष्ट मानिएको कम्पनीको दाबी छ ।
उक्त बियर ६५० मिलि र ३३० मिलि बोतलमा बजारमा उपलब्ध छ । ६५० मिलि प्रतिबोतलको उपभोक्ता मूल्य ३४० रुपैयाँ र ३३० मिलि बोतलको उपभोक्ता मूल्य १७५ रुपैयाँ रहेको छ ।