site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सेयर बजारमा सामान्य गिरावट : साढे चार अर्बमाथिको कारोबार
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार परिसूचक नेप्सेमा  सामान्य गिरावट भएको छ ।

मौद्रिक नीति समीक्षापछि लगातार घटिरहेको बजारमा मंगलबार ६.५ प्रतिशतले वृद्धि भएपछि सकारात्मक सर्किट ब्रेक लागेर बन्द भएको थियो । तर, नेप्सेको उक्त वृद्धि एक दिनबाट दोस्रो दिनसम्म टिक्न सकेन ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

यद्यपि, बजारमा उतारचढाव देखिए पनि ४.२३ अंकको सामान्य गिरावट हुँदा २४१४.६२ अंकमा बन्द भएको छ । नेप्सेमा गिरावट भए पनि आज कारोबार रकम भने बढेर करिब चार अर्ब ५९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज नेप्सेमा बैंकिङ, होटेल तथा पर्यटन, अन्य, लघुवित्त र जीवन बिमा उपसूचकमा  गिरावट हुँदा विकास बैंक, वित्त कम्पनी निर्जीवन बिमा, हाइड्रोपावरलगायत उपसूचक बढेका छन् ।

Royal Enfield Island Ad

आज नेप्सेमा महालक्ष्मी विकास बैंकको १६ करोड ५९ लाख, नेसनल हाइड्रोपावरको  १५ करोड ८५ लाख र अपी पावरको १८ करोड ८९ लाखको सेयर कारोबार भएको छ । आज नेप्सेमा १८९ कम्पनीको सेयर किनबेच भएकोमा ९६ कम्पनीको सेयर मूल्य बढेको छ भने ८४ कम्पनीको सेयर मूल्य घटेको छ । नौ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

कारोबार भएका मध्ये सामलिङ पावर कम्पनीको सेयर मूल्य सर्वाधिक ९.९८ प्रतिशतले वृद्धि हुँदा दिव्यश्वरी हाइड्रोपावरको ७.७८ प्रतिशत र आँखुखोला जलविद्युत् कम्पनीको  ७.७४ प्रतिशतले बढेको छ ।

नयाँ सारथी लघुवित्तको सेयर मूल्य ५.३४ प्रतिशतले वृद्धि हुँदा जानकी फाइनान्सको भने ३.७७ प्रतिशतले घटेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २९, २०७८  १५:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro