site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
युनाइटेडको खेल स्थगित, प्रिमियर लिगमा ४२ जना कोभिड–१९ संक्रमित
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोभिड–१९ महामारीका कारण म्यानचेस्टर युनाइटेड र ब्रेन्टफोर्डबीच बुधबार रातिको पूर्वनिर्धारित खेल स्थगित गरिएको छ ।

इंग्लिस प्रिमियर लिगले ‘महामारी प्रकोपको असाधारण परिस्थितिमा स्वास्थ्य सल्लाहकारहरूको सुझाव’मा खेल स्थगित गरिएको जनाएको छ । गएको साता प्रिमियर लिगमा खेलाडी र कर्मचारी गरी ४२ जनामा कोरोनाभाइरस संक्रमण देखिएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि, ब्राइटन र टोटनहमबीचको खेल पनि स्थगित गरिएको थियो । ब्राइटन, टोटनहम, लेस्टर सिटी, एस्टन भिल्ला र नर्विच सिटीमा कोरोनाभाइरस संक्रमण देखिएको जनाइएको छ ।

युनाइटेडले पनि आइतबारको पीसीआर परीक्षणको नतिजामा कर्मचारी र खेलाडी संक्रमित भएको जनाएको छ । शनिबार नर्विच सिटीविरुद्धको खेलमा युनाइटेडका सबै खेलाडीको परीक्षणको नतिजा पोजिटिभ आएको थियो । तर, आइतबार बिहानको ट्रेनिङअघि गरिएको परीक्षणमा केहीको नतिजा पोजिटिभ आएको छ ।

Global Ime bank

‘‘प्रशिक्षण रद्द गरेर खेलाडी र कर्मचारीलाई अलग राखिएको छ । खेलाडी र कर्मचारीको स्वास्थ्यलाई प्राथमिकतामा राखेर क्लबले खेलको तालिका परिवर्तन गर्न अनुरोध गरेको छ,’’ युनाइटेडले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘‘प्रिमियर लिगको बोर्डले स्वास्थ्य अधिकारीहरूसँगको सल्लाहमा खेल स्थगितको निर्णय गर्नेछ ।’’

ब्रेन्टफोर्डले खेल स्थगित भएकोमा समर्थकसँग माफी मागेको छ । र, निर्णयको सम्मान गर्दै दुवै क्लबका खेलाडी र कर्मचारीको स्वास्थ्य र सुरक्षा पहिलो प्राथमिकता भएको जनाएको छ ।

सन् २०२० मेपछि पछिल्लो समयको कोभिड–१९ परीक्षणको नतिजा सबैभन्दा उच्च हो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २८, २०७८  ०८:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय