काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन जारी सभापतिको मतगणनामा शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन् । उनलाई शेखर कोइरालाले पछ्याइरहेका छन् ।
एक हजार ३०६ मत गणना हुँदा देउवाले ६२६ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका कोइरालाले ४८२ मत पाएका छन् ।
प्रकाशमान सिंहले ११२ मत ल्याउँदा विमलेन्द्र निधिले ७८ र कल्याण गुरुङले ४ मत ल्याएका छन् ।
जम्मा ४६८९ मत खसेको थियो । सभापतिमा विजयी हुन कम्तीमा २३४० मत आवश्यक पर्ने छ ।
सभापतिका लागि खसेको मतको ५० (२३४०) प्रतिशत कुनै पनि उमेदवारले कटाउन नसके पुनः दोस्रो चरणमा मतदान हुनेछ । दोस्रो चरणमा सबैभन्दा धेरै मत ल्याउने दुई उमेदवारबीच प्रतिष्पर्धा हुन्छ ।
सभापतिको मत गणना सकिएपछि दोस्रो चरणमा अन्य पदाधिकारी मतगणना हुने निर्वाचन समितिले जनाएको छ । त्यसपछिमात्र केन्द्री सदस्यहरूको मत गणना हुने छ ।