site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
तत्काल विद्युत् खरिद सम्झौता नगर्ने ऊर्जामन्त्रीको संकेत
SkywellSkywell

काठमाडौं । ऊर्जामन्त्री पम्फा भुसालले विद्युत खरिद सम्झौता (पीपीए) तत्काल नगर्ने संकेत गरेकी छन् । सरकारले तीन वर्षदेखि पीपीए गरेको छैन ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) र आर्थिक पोलिसी इन्क्यूभेटर (ईपीआई)ले आइतबार राजधानीमा गरेका ऊर्जा व्यापारसम्बन्धL कार्यक्रममा उनले विद्युत् व्यापारको बाटो खुलाउनुपर्ने बताइन् । तीन वर्षदेखि पीपीए भएको छैन । विद्युत व्यापार खुला भएपछि मात्रै पीपीए गर्दा त्यसको सदुपयोग हुन्छ, उनले भनिन् । 

Dabur Nepal
NIC Asia

छिमेकी मुलुकमा विद्युत् निर्यात गर्न ऊर्जा कूटनीति आवश्यक भएको उनले बताइन् । उनले त्यसका लागि भारतका लागि प्रस्तावित राजदूत शंकर शर्मालाई ऊर्जा कुटनीतिका लागि आग्रह गरेको बताइन् । ''राजनैतिक कूटनीति, आर्थिक कूटनीतिसँगै अब हाम्रो ध्यान ऊर्जा कूटनीतिमा जानुपर्ने देखिन्छ'' उनले भनिन्, ''त्यसका लागि हामीले ध्यान दिनुपर्ने देखिन्छ ।''

मन्त्री भुसालले निजी क्षेत्रले पनि विद्युत् व्यापार गर्न दिन माग गर्दै आइरहेका भन्दै निजी क्षेत्रले निर्यात गर्न सक्ने स्पष्ट आधार ल्याए विद्युत् व्यापार गर्न निजी क्षेत्रलाई पनि दिने बताइन् । तर, सरकारले गर्न नसकेको विद्युत् व्यापार निजी क्षेत्रले गर्छ जस्तो लाग्दैन, उनले भनिन् । 

यता,  स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (ईपान) का अध्यक्ष कृष्ण आचार्यले निजी क्षेत्रले विद्युत् व्यापार गर्न सक्ने बताए । ''सरकारले गर्न नसक्दैमा निजी क्षेत्रले पनि गर्न सक्दैन भन्ने होइन । हामी निर्यात गर्न सक्छौं'' उनले भने ।  

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २६, २०७८  १२:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro