काठमाडौं । नेपाली कांग्रेस संस्थापन समूहमा पदाधिकारीको टुंगो लाग्न नसक्दा सभापति शेरबहादुर देउवालाई सकस परेको छ ।
देउवाले अहिलेसम्म पनि उपसभापति र महामन्त्रीको आधिकारिक टुंगो लगाउन सकेका छैनन् ।
समूहभित्रको असन्तुष्टि व्यवस्थापन गर्न नसक्दा सकस परेको एक नेताले बताए ।
उनका अनुसार अहिलेसम्म महामन्त्रीमा डा. प्रकाशशरण महत र प्रदिप पौडेल करिब पक्का भएको भए पनि उपसभापति भने टुंगो लागेको छैन ।
तर अर्का एक नेताका अनुसार प्रदिप पौडेलका विषयमा देउवासमूहभित्र विवाद देखिएको छ ।
सो समूहले सहमहामन्त्रीका उमेदवार भने टुंगो लगाएको जनाएको छ । एक नेताले दिएको जानकारीअुनसार सहमहामन्त्रीमा भीष्मराज आङ्दम्बे (आदिवासी, जनजाति), मानबहादुर विश्वकर्मा (दलित), डीना उपाध्याय (महिला), महेन्द्र यादव (मधेसी), किशोर सिंह राठौर (खस आर्य), उमाकान्त चौधरी (थारु) र फरमुल्लाह मन्सुर (मुस्लिम) र जीवन शाही (पिछडिएको क्षेत्र) रहेका छन् ।