काठमाडौं । कोका–कोलाले सांगीतिक रियालिटी शो नेपाल आइडल सिजन–४ मा मुख्य प्रायोजन गरेको छ । कोका–कोला र नेपाल आइडलबीचको यो सहकार्य दोस्रो भएको जनाइएको छ । कोका–कोला नेपाल आइडल सिजन–३ को पनि मुख्य प्रायोजक रहेको थियो ।
उक्त रियालीटी शोको मुख्य प्रायोजक हस्ताक्षर कार्यक्रममा बोल्दै बोटलर्स नेपालका कन्ट्री फाइनान्स म्यानेजर राजीव टन्डनले कोका–कोलाले आइकोनिक ग्लोबल रियालिटी शो पप आइडलको नेपाली फ्रेनचाइज नेपाल आइडलसँग गरेको यो दोस्रोवर्षीय सहकार्य भएको बताए ।
“हरेक वर्ष बहुमुखी प्रतिभाका धनी र झन्–झन् मिठो गाउने प्रतिस्पर्धीहरूको सहभागिताले यो कार्यक्रम अझ रोमाञ्चक र उत्साहपूर्ण हुँदै गइरहेको छ । हामी सबैलाई थाहा छ, संगीत मानवीय भावना र सम्बन्ध व्यक्त गर्ने विश्वव्यापी भाषा हो । त्यसैले कोका–कोला जहिले पनि संगीतसँग जोडिँदै आइरहेको छ,” उनले भने ।
नेपाली युवाको प्रतिभा उजागर गर्ने यस्तो प्ल्याटफर्ममा जोडिन पाउँदा आफूहरू अत्यन्त खुसी भएको उनको भनाइ छ ।