राजनीति
चितवन । भरतपुर महानगरपालिकाको वडा नम्बर २० को मतगणनाका क्रममा नेकपा माओवादी केन्द्र र कांग्रेसकी मेयरकी साझा उमेदवार रेणु दाहालले नेकपा एमालेका उमेदवार देवी ज्ञवालीलाई पछि पारेकी छन् । २४ सय मतगणना भइसक्दा उनले ९९ मतले देवी ज्ञवालीलाई पछि पारेकी हुन् ।
बिहानसम्म ७८४ मतले देवी ज्ञवालीको अग्रता कायमै रहेको भए पनि मतान्तर घटाउँदै रेणु अघि बढेकी थिइन् । अहिले २४ सय मत गणना हुँदा ९९ मतले देवी ज्ञवाली पछि परेका हुन् । अहिले वडा नम्बर २० को मतगणना भइरहेको छ । रेणुले ४२७४४ र देवीले ४२६४५ मत प्राप्त गरेका छन् ।
प्रकाशित मिति: शनिबार, साउन २१, २०७४ २०:१२
प्रतिक्रिया दिनुहोस्