site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
साफ यू–१९ फुटबल खेल्ने महिला टोलीको बिदाइ
SkywellSkywell

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार साफ यू–१९ महिला च्याम्पियनसिप खेल्न जाने २३ सदस्यीय टोलीलाई बिदाइ गरेको छ । 

बंगलादेशको ढाकामा शनिबारदेखि हुने प्रतियोगिताका नेपाली लागि टोली मंगलबार त्यसतर्फ प्रस्थान गर्दैछ ।

Dabur Nepal
NIC Asia

मंसिर २५ गतेबाट पुस ७ गतेसम्म सिङ्गल राउन्ड रोबिन पद्धतिमा हुने प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भुटान, श्रीलंका र भारतको सहभागिता रहने छ । 

नेपालले प्रतियोगिताको पहिलो खेल घरेलु टोली बंगलादेशविरुद्ध खेल्नेछ । दोस्रो खेलमा २९ गते श्रीलंका, पुस २ मा भुटान र पुस ४ मा भारतको सामना गर्नेछ । 

लिगका शीर्ष दुई टोली पुस ७ गते उपाधिका लागि भिड्ने छन् । 

एन्फाले पहिलो चरणमा बोलाएको ४० खेलाडीबाट प्रशिक्षक हरिओम श्रेष्ठको नेतृत्वमा गत शुक्रबार अन्तिम २३ सदस्यीय टोलीको घोषणा गरिएको थियो ।

नेपाली टोलीमा राष्ट्रिय टोलीका गोलरक्षक अन्जना राना मगर, रक्षक विमला विक, सविता राना मगर, रश्मी कुमारी घिसिङ, प्रीति राई, रजनी थोकरसहित ६ खेलाडी समावेश छन् । 

यस्तै रक्षक रोजिना श्रेष्ठ, सुस्मा तामाङ, सलोनी राना मगर, मेनुका आले मगर, सरस्वती हमाल, अमिशा कार्कीले यसअघिको यू–१८ साफ च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गरिसकेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २०, २०७८  १८:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro