site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
अवैधरुपमा बैकिङ कारोबार गर्ने पक्राउ
Siddhartha BankSiddhartha Bank

चितवन । अवैधरुपमा बैंकिङ कारोबार गरेको अभियोगमा  जिल्ला प्रहरी कार्यालय चितवनले एक युवकलाई पक्राउ गरेको छ । मेक्स मि इ–कमर्स इन्टरनेशनलका कार्यकारी निर्देशक दैलेख आठबिस नगरपालिका–७ घर भई हाल भरतपुर महानगरपालिका–७ का २७ वर्षीय पुष्पराज तिमिल्सेनालाई प्रहरीले पक्राउ गरेको हो । 

नेपाल राष्ट्र बैंकबाट मान्यता (इजाजत) प्राप्त रहेको भनी सर्वसाधारणलाई झुक्याउन सफल मेक्स मि इ–कमर्सले राम्रो ब्याज दिने संस्था रहेको भन्दै आर्थिक प्रलोभनमा पारेर निक्षेप सङ्कलन र ऋण प्रवाह गर्दै आइरहेको प्रहरीले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रहरीका अनुसार तिमिल्सेना आफैँले नेपाल राष्ट्र बैंकको नक्कली इजाजत पत्र तयार गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । 

अभियुक्तलाई चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २०, २०७८  १०:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय