site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
इजाजत नलिई बैकिङ कारोबार गर्ने पक्राउ
प्रतीकात्मक तस्बिर ।
Siddhartha BankSiddhartha Bank

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले मेक्स मि ई–कमर्स इन्टरनेसनलले अवैध रूपमा बैंकिङ कारोबार गरेको जनाउँदै  सञ्चालकलाई पक्राउ गरको छ । पक्राउ पर्नेमा संस्थाका कार्यकारी निर्देशक दैलेखको आठबिस नगरपालिका–७ घर भई हाल भरतपुर महानगरपालिका–७ बस्ने २७ वर्षीय पुष्पराज तिमिल्सेना छन् ।

नेपाल राष्ट्र बैंकबाट मान्यता (इजाजत) प्राप्त रहेको भनी सर्वसाधारणलाई झुक्याउन सफल मेक्स मि ई–कमर्सले राम्रो ब्याज दिने संस्था रहेको भन्दै आर्थिक प्रलोभनमा पारेर निक्षेप संकलन र ऋण प्रवाह गर्दै आइरहेको प्रहरीले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रहरीका अनुसार तिमिल्सेना आफैँले नेपाल राष्ट्र बैंकको नक्कली इजाजतपत्र तयार गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । सञ्चालक तिमिल्सेनाविरुद्ध ठगीसम्बन्धी अपराधको जाहेरीसमेत परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो ।

उनलाई चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । उक्त कसुरमा मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २१ को दफा २४९ बमोजिम सात वर्ष कैद र ७० हजार रुपैयाँ जरिवाना सजाय हुने कानुनी व्यवस्था छ । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २०, २०७८  ०८:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय