काठमाडौं । नेपाली कांग्रेस सर्लाही जिल्लामा केन्द्रीय सांसद र प्रदेशसभा सांसदबीच 'टसल' बढेको छ । केन्द्रीय सांसद अमरेशकुमार सिंह र प्रदेश २ को महिला बालबालिका मन्त्रीसमेत रहेका सांसद विरेन्द्र सिंहबीचको विवाद गहिरिएको छ ।
सांसद अमरेश कुमार सिंहले पार्टीको १४औँ महाधिवेशन अन्तर्गत जिल्लाको क्षेत्र नम्बर ४ को अधिवेशनमा प्रदेश सांसद तथा मन्त्री सिंहले आफ्नो अंगरक्षकबाट गोली चलाउन लगाएको आरोप लगाएका छन् ।
सिंहले नाम नखुलाए पनि सांकेतिक आरोप लगाउँदै नेपाल प्रहरीबाट मतदान अधिकृतलाई अपहरण गराउने र गोली चलाउन समेत लगाई, कियाशील सदस्यहरूमा त्रास उत्पाएर गराएर वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिको प्रमाणपत्र दिलाउने कार्य गरेको बताएका छन् ।
उनले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो क्षेत्रमा मात्र होइन अन्याय विरुद्ध बोल्ने सप्तरीका तेजलाल चौधरी र रौतहटका देव प्रसाद तिमिल्सिनाको क्षेत्रमा पनि राज्यशक्तिको दुरूपयोग गरेर विभेद गरेको आरोप लगाएका छन् ।
यस्तो छ विज्ञप्ति :