site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
हाम्रो पात्रो एपवाट दुई महिनामा १ करोडभन्दा धेरै रेमिट्यान्स भित्रियो
SkywellSkywell

काठमाडौं । नेपालकै लोकप्रिय एप हाम्रो पात्रो एपवाट १ करोड भन्दा धेरै रेमिट्यान्स नेपाल भित्रिएको छ । एउटै एपमार्फत विभिन्न सेवा दिँदै आएको हाम्रो पात्रोले दुई महिना अगाडि मात्रै यो सुविधा प्रयोगकर्तामाझ ल्याएको थियो ।   

हाम्रो पात्रो इंक का सीईओ शंकर उप्रेतीले यसबाट अझ काम गर्न थप हौसला प्राप्त भएको बताए । “हाम्रो लक्ष्य भनेको नेपाली प्रयोगकर्ताहरूलाई कम शुल्कमा नेपालमा पैसा पठाउने सुविधा  दिनु हो, अबको केही समयमा अस्ट्रेलिया, जापानबाट पनि यो सुविधा सुरु गर्ने गृहकार्य गर्दैछौं,” उनले भने ।

Dabur Nepal
NIC Asia

रेमिट सेवा सुरु भएसँगै कम्पनीले प्रयोगकर्तालाई आकर्षित गर्न विशेष अफर प्रदान गरेको छ । जसअनुसार प्रयोगकर्ताले हाम्रो पात्रोबाट सुरुवाती तीन पटकसम्म निःशुल्क रूपमा रेमिट्यान्सबाट नेपालमा रकम पठाउन सक्ने जनाइएको छ ।

हाम्रो पात्रो एपले नेपाली एपहरुमा नयाँ नयाँ रेकर्ड कायम गर्दै गएको छ । यसअघि १० लाख र ५० लाख हुँदै १ करोड डाउनलोड पूरा गर्नेमा हाम्रो पात्रो पहिलो नेपाली एप बनेको थियो । पात्रो हेर्ने, मिति परिवर्तन फिचरसँगै सन् २०१० मा आईओएसमा तयार भएको यो एप सन् २०१२ मा एन्ड्रोइड प्ले स्टोरमा राखिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १७, २०७८  १५:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro