राजनीति
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको १०औँ राष्ट्रिय महाधिवेशन अत्यन्तै सफल भएको बताएका छन् ।
१०औँ राष्ट्रिय महाधिवेशनबाट पुनः अध्यक्षमा निर्वाचित भएका ओलीले शुक्रबार पदबहाली गर्दै महाधिवेशनमा उल्लासपूर्ण जनसहभागिता भएको बताए ।
“अत्यन्त्र सफल भयो । निर्विरोध, सहमतिका अभ्यास अघि बढाइयो । महाधिवेशनमा त्यत्रो जनसहभागिता,” उनले भने,” विरोधीहरूले भाडाका मान्छे ल्याउने गरेको आरोप लगाउने गरेका थिए । त्यस किसिमको जनसभागिता कहिल्यै भएको थिएन ।”
प्रकाशित मिति: शुक्रबार, मंसिर १७, २०७८ १३:४०
प्रतिक्रिया दिनुहोस्