site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वायु प्रदूषण बढेपछि नयाँ दिल्लीका विद्यालय भोलिदेखि बन्द हुँदै
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

द वाइर । भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदूषणको तह बढेकाले शुक्रबारदेखि त्यहाँका विद्यालय बन्द हुने भएका छन् । दिल्लीका वातावरणमन्त्री गोपाल राईले अर्को आदेश जारी नभएसम्म शुक्रबारदेखि विद्यालयको भौतिक कक्षा बन्द हुने बताए ।

वायु प्रदूषण बढेपछि सर्वोच्च अदालतले दिल्ली सरकारलाई विद्यालय बन्द गर्न आदेश दिएको थियो । सर्वोच्चको आदेशपछि दिल्ली सरकारले भौतिक कक्षा बन्द गर्ने निर्णय गरेको हो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

“हामीले वायुको गुणस्तर सुधार हुने प्रक्षेपणलाई ध्यानमा राखेर विद्यालय पुनः खोलेका थियौँ । तर, वायु प्रदूषणको स्तर फेरि बढेको छ र हामीले अर्को आदेश नभएसम्म शुक्रबारदेखि विद्यालय बन्द गर्ने निर्णय गरेका छौँ,” राइले भने ।

नोभेम्बर १३ देखि बन्द भएको भौतिक कक्षा सोमबारदेखि पुनः सुरु भएको थियो ।

Royal Enfield Island Ad

सर्वोच्च अदालतले बिहीबार अनलाइन कक्षाको विकल्प दिन पर्याप्त नभएको बताएको थियो ।

“तपाईंले यसलाई ऐच्छिक छोडिदिनुभएको छ । तर, घरमा बस्न कसलाई मन छ र ? हाम्रा पनि छोराछोरी र नातिनातिना छन् । उनीहरूले महामारीदेखि समस्याहरू सामना गर्दै आएका छन् । यदि तपाईंले काम गर्नुभएन भने हामीले कडा कारबाही गर्नेछौँ । हामी तपाईंलाई २४ घण्टाको समय दिन्छौँ,” भारतका प्रधानन्यायाधीस एनभी रमानाले भने ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १६, २०७८  २०:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro