हलिउड । हलिउड अभिनेत्री जेनिफर लोरेन्सलाई सात वर्षअघिको एक घटनाले आजसम्म पनि पिरोलिरहेको छ । सात वर्षअगाडि लिक भएको आफ्नो एक फोटोले आजसम्म पनि मानसिक तनाव दिइरहेको उनले बताएकी छिन् ।
सन् २०१४ मा ह्याकरहरूले थुप्रै बलिउड सेलिब्रेटिहरूको ५०० भन्दा धेरै प्राइभेट फोटोहरू अनलाइन लिक गरेर एउटा वेबसाइडमा अपलोड गरिदिएका थिए । जसमा जेनिफरकाका साथै गायिका रिहाना र सेलेना गोमेज लगायत स्टारहरू पनि थिए ।
यसबारेमा एउटा हलिउड म्यागजिनसँगको कुराकानीमा जेनिफरले भनेकी छन्, “मेरो सहमतिविना जहाँ पनि र जहिले पनि मानिसहरूले मेरो न्युड बडी अनलाइनमा हेर्न सक्छन् । फ्रान्सका एक व्यक्तिले मेरो तस्बिर अनलाइनमा पब्लिस गरिदिएको थियो । यसले म सधैँ तनावमा हुन्छु ।”
अभिनेत्री जेनिफर यतिबेला आफ्नो नयाँ चलचित्र ‘डन्ट लुक अप’ को प्रमोसनमा व्यस्त छिन् । यो साइन्स फिक्सन ब्लाक कमेडी चलचित्र हो । चलचित्रमा जेनिफरका साथै लियोनार्डो डिक्याप्रियो, रोब मार्गन, जोना हिल, लगायत हलिउड स्टारहरूको अभिनय रहेको छ । चलचित्र यही डिसेम्बर १० मा हलमा र डिसेम्बर २४ मा नेट्फिल्क्समा रिलिज हुँदैछ । नवभारत टाइम्सबाट