site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेसको निर्वाचन समितिबाट महादेवको राजीनामा : गोपालकृष्णलाई प्रमुखको जिम्मेवारी
गोपालकृष्ण घिमिरे ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवले राजीनामा दिएका छन् ।

यसअघि दिएको राजीनामा अस्वीकृत गर्दै ‘अधिवेशन थालेपछि बीचमा छोड्न पाइँदैन’ भनेर फर्काएका कांग्रेस सभापति शेरबहादुर देउवाले यसपटक उनको राजीनामा स्वीकृत गरेका छन् । सभापति देउवाले आज समितिमा रहेका वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेलाई केन्द्रीय निर्वाचन समिति संयोजकको पत्र दिएका छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

पत्र पाएपछि नवनियुक्त संयोजक घिमिरेले आजै निर्वाचन समितिको बैठक डाकेका छन् । उनले महाधिवेशनका तल्लो तहका अधिकांश काम सम्पन्न भएको र बाँकी काम तालिकाअनुसार नै अघि बढाउन आफूले भूमिका खेल्ने बताएका छन् ।

“नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा तल्लो तहका अधिकांश काम सम्पन्न भएका छन् । बाँकी काम सम्पन्न गर्ने दायित्व मसहितको टिमको काँधमा आएको छ,” घिमिरेले बाह्रखरीसँग भने, “अब आजै समितिको बैठक बस्छ । महाधिवेशनका कामलाई तालिकाअनुसार नै गर्न स्पिड अप गर्नेछौँ ।” उनले कामको गति नबढाई समयमा अधिवेशन गराउन मुस्किल रहेको पनि बताए ।

Royal Enfield Island Ad

राजीनामा दिएर बिदा भएका यादवले भने स्वास्थ्यका कारण देखाएका छन् । विगतमा डडेलधुरासहितका जिल्लाको विवाद अस्वाभाविक रूपमा ल्याएपछि राजीनामा दिएका यादवले अहिले भने स्वास्थ्य नै मुख्य कारण भएको बताएका छन् ।

उनले भने, “जाडो बढेसँगै मेरो स्वास्थ्य समस्या पनि बढेको छ, त्यसैले आराम चाहिएर मैले कांग्रेसको निर्वाचन समितिबाट राजीनामा गरेको हुँ ।” उनले स्वास्थ्यबाहेक अर्को कुनै कारण नभएको पनि बताए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १२, २०७८  १२:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro