site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेस दाङको सभापतिका लागि चार जनाको उम्मेदवारी
Siddhartha BankSiddhartha Bank

दाङ । नेपाली कांग्रेस दाङको जिल्ला सभापतिका लागि चार जनाले उम्मेदवारी दिएका छन् । दाङ कांग्रेसको जिल्ला अधिवेशन भोलि हुँदैछ । सभापतिका लागि शंकर डाँगी, कमलकिशोर घिमिरे, जानकीलाल बस्नेत र भुपबहादुर डाँगीले उम्मेदवारी दिएका हुन् ।

सभापतिमा उम्मेदवारी दिएकामध्ये शंकर डाँगी संस्थापनइतर पक्षका हुन् । अन्य तीनजना संस्थापन पक्षका हुन् ।

Agni Group
NIC Asia

सभापति पदका उम्मेदवार शंकर डाँगी कांग्रेसका वर्तमान जिल्ला सचिव हुन् । उनी सभापतिका बलिया उम्मेदवार मानिएका छन् । सभापतिका अर्का उम्मेदवार कमलकिशोर घिमिरे निवर्तमान जिल्ला सचिव हुन् ।  

उनी पार्टीको १३औँ महाधिवेशनमा पनि जिल्ला सभापति पदमा उम्मेदवार बनेका थिए । त्यसबेला उनी पराजित  भए  । उनी गत प्रदेशसभा निर्वाचनमा पनि उम्मेदवार भए ।

Global Ime bank

यसैगरी अर्का उम्मेदवार बस्नेत प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनेका थिए  । नेविसंघको राजनीतिदेखि लामो समयसम्म पार्टी राजनीतिमा सक्रिय बस्नेत क्षेत्र नम्बर १ मा बलियो प्रभाव रहेका नेता हुन् । यसैगरी अर्का उम्मेदवार भुपबहादुर डाँगी कांग्रेस क्षेत्र नम्बर २ का निवर्तमान क्षेत्रीय सभापति हुन । उनी गत स्थानीय तहको निर्वाचनमा घोराही उपमहानगरपालिकाका मेयरका उम्मेदवार थिए  । तर, पराजित भए ।

भोलि हुने जिल्ला अधिवेशनमा कुल २ हजार १९२ मतदाता छन् । यीमध्य पुरुष मतदाताको संख्या १ हजार ५११ र महिला मतदाता संख्या ६८१ रहेको छ ।   

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १०, २०७८  १६:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu