काठमाडौं । सामसङ मोबाइलले यही नोभेम्बर १ देखि ३० तारिखसम्म सञ्चालन गरेको उपहार योजनाको तेस्रो लक्की ‘ड्र’ सम्पन्न भएको छ । उपहार योजनाअन्तर्गत प्रत्येक दिन तीनजना ग्राहकले पाँच ग्राम सुनको सिक्का उपहार प्राप्त गर्नेछन् ।
उपहार विजेताको घोषणा लक्की ‘ड्र’मार्फत गरिने सामसङले जनाएको छ । योजनाको तेस्रोे लक्की ‘ड्र’ यही मंसिर ७ गते सम्पन्न भएको जनाइएको छ । नोभेम्बर १३ देखि १९ तारिखसम्मको अवधिलाई समेटिएको लक्की ‘ड्र’को विजेता घोषणा भएको सामसङले जनाएको छ ।
लक्की ‘ड्र’ कार्यक्रम सामसङको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण समेत भएको जनाएको छ । अब दुई हप्ताका लक्की ‘ड्र’ बाँकी रहेको र उक्त कार्यक्रमहरूको पनि सोही पेजमार्फत प्रत्यक्ष प्रसारण हुनेछ ।
मंगलबार सम्पन्न लक्की ‘ड्र’बाट २१ जना भाग्यशाली ग्राहकले पाँच ५ ग्राम सुनको सिक्का प्राप्त गरेको जनाइएको छ । विजेताहरूको सिरियल नम्बर सामसङको फेसबुक पेजमा प्रकाशित गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।