site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
हस्तकला व्यवसायको प्रवर्द्धनमा नबिल बैंक
Siddhartha BankSiddhartha Bank

काठमाडौं । १८औं हस्तकला व्यापार मेला र १६औं हस्तकला प्रतियोगिता काठमाडौंस्थित होटेल ह्यातमा जारी छ । मेलामा नेपाली मौलिक कला, संस्कृति झल्काउने हस्तकलाका सामग्री राखिएका छन् । नेपाल हस्तकला महासंघले आयोजना गरेको हस्तकला व्यापार मेला र प्रतियोगिताको आधिकारिक बैंकिङ पार्टनर नबिल बैंक रहेको छ । 

बैंकले महासंघसँग सहकार्य गर्दै हस्तकला व्यवसायको प्रबद्र्धनमा सहयोग एवम् सहकार्य गर्ने कार्यलाई यस वर्ष पनि निरन्तरता दिएको हो । महासंघसँग बैंकले विगत ३ वर्षदेखि हस्तकला व्यवसायको प्रर्बद्धनमा सहकार्य गर्दै आएको बैंकले जनाएको छ ।
बैंकका एसएमई तथा माइक्रो फाईनान्स प्रमुख निरज बस्नेत डनिलले नेपाली उत्पादनको प्रवर्द्धन गर्न खोजिएको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

हस्तकला देशको कला संस्कृतीसँग पनि जोडिएको हुनाले यसको प्रबद्र्धन गर्न विगत ३ वर्षदेखि नै महासंघसँग सहकार्य गर्दै उनले बताए ।  

Global Ime bank

“हस्तकला निर्यात गरेर देशमा विदेशी मुद्रा भित्र्याउने माध्यम पनि हो र यसले देशको पहिचान पनि बढाइरहेको छ । हस्तकला व्यवसाय विस्तार गर्नुपर्छ भन्ने मान्यता लिएर बैंकले हस्तकला व्यवसायीहरुलाई विभिन्न बैंकिङ्ग सुविधासँगै ऋणको व्यवस्था पनि गर्दै आएका छौं । बैंकले गत वर्षको आफ्नो क्यालेन्डरमा हस्तकलालाई नै प्रबद्र्धन गरेको थियो । समग्र हस्तकला व्यवसायलाई नै प्रवर्द्धन गर्नुपर्छ भनेर सहयोग गरेका हौं,” उनले भने ।

बैंकले स्टल राखेर मेलामा हुने कारोबार भुक्तानी सरल बनाउन क्यूआर कोडलगायतका सेवा उपलब्ध गराउँदै आएको छ ।

बैंकले हस्तकला व्यवसायको प्रबद्र्धन गर्न महासंघसँगको सहकार्यमा हस्तकला व्यवसायीहरुलाई ऋण पनि उपलब्ध गराउँदै आएको जनाएको छ ।

महासंघसँग बैंकको यो सहकार्य हुनाका साथै मेक इन नेपालअन्तर्गत नेपाली उत्पादनलाई सहयोग एवं प्रोत्साहन गर्ने बैंकको पहल तथा बैंकको दिगो बैकिङ्ग दृष्टिकोण अनुरुप महासंघसँग साझेदारी गर्दै आएको बैंकले जनाएको छ ।

एउटै छाताभित्र हस्तकला व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएका यस्ता कार्यक्रममा आधिकारिक बैंकिङ्ग पार्टनरको रुपमा सहभागी हुनु आफैँमा खुसीको कुरा भएको डनिलले बताए । यस वर्ष कोभिड १९ महामारीबाट प्रभावित हस्तकला व्यवसायलाई पुर्नरुत्थान गर्न आर्थिक पहुँच पुर्‍याई दक्ष जनशक्तिको रोजगारी सुनिश्चित गर्न सहयोग हुने बैंकले विश्वास गरेको छ ।

हस्तकला व्यापार मेला एवं प्रतियोगिता मंसिर ५ गते सकिनेछ ।  

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ५, २०७८  १४:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय