site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एप्पलले अब आइफोन प्रयोगकर्तालाई आफैँ डिभाइस मर्मत गर्न दिने 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

सीएनएन । एप्पलले आफ्ना उपभोक्ताहरुलाई आफ्नो डिभाइसहरु आफैँ मर्मत गर्न मिल्ने बनाइदिने तयारी गरिरहेको छ ।

सरकारी निरीक्षक र ग्राहक दुवै पक्षबाट यसबारे अधिकतम दबाब आएपछि कम्पनीले उत्पादनको मर्मत सम्बन्धी यस्तो निर्णय लिन लागेको हो । 

बुधबार यस नयाँ कार्यक्रमबारे घोषणा गर्दै एप्पलको उत्पादनका पाटपूर्जाहरु अर्को वर्षसम्म खरिद गर्नका लागि उपलब्ध गराइने बताइएको छ । यो कार्यक्रमलाई ‘सेल्फ सर्भिस रिपेयर’ को नाम दिइनेछ । यस अन्र्तगत प्रयोगकर्ताले फुटेका या बिग्रिएका डिभाइसहरुलाई एप्पलको वेबसाइटमा पोस्ट गरिएको म्यानुअल हेरेर आफैँ मर्मत गर्न सक्नेछन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

एप्पलले यसमा सबैभन्दा बढी मर्मत गर्नुपर्ने भाग जस्तै डिस्प्ले, ब्याट्री अनि क्यामेरा मोड्युल लगायतमा केन्द्रित रहने बताएको छ । कम्पनीका अनुसार यसले अर्को वर्षको लन्चमा २०० भन्दा बढी पाटपूर्जाहरु उपलब्ध गराउनेछ । सो रिपेयर कार्यक्रम सुरुवातमा आइफोन १२ र आइफोन १३ का प्रयोगकर्तालाई मात्र उपलब्ध हुनेछ तर पछि कार्यक्रम विस्तार गरि म्याक कम्प्युटरलाई पनि समावेश गरिनेछ जसले एप्पलको नयाँ ‘इन–हाउस एमवान चिप’ को प्रयोग गर्दछ । 

कम्पनीले अर्को वर्ष यो कार्यक्रम औपचारिक रुपमा लन्च भइसकेपछि मात्र ती पाटपूर्जाको मूल्य सार्वजानिक गर्ने बताएको छ ।

Royal Enfield Island Ad

तरपनि कम्पनीले हाल काम गरिरहेको स्वतन्त्र र्ममत प्रदायकहरुसँग जति शूल्क लिन्छ ग्राहकहरु बाट पनि त्यति नै पैसा लिने बताएको छ । 

पछिल्लो समय विद्युतीय उपकरण निर्माता जस्तै ट्रयाक्टर देखि अस्पतालका उपकरण सम्मका निर्माताहरु, बिग्रिएका डिभाइस मर्मत गर्न पाउनुपर्ने सम्बन्धी आलोचना खेपिरहेका छन् ।

विभिन्न कम्पनीहरुले डिभाइस एकपटक बिग्रिसकेपछि मर्मत गर्न नमिल्ने किसिमले बनाउँदा यसले उपभोक्ताको खर्च बढाउनेदेखि स्वतन्त्र मर्मत पसलहरुमा क्षति पुर्याउने र वातावरणका लागि समेत खराब हुने आलोचकहरुको तर्क छ । 

अमेरिका, बेलायत र युरोपका निरीक्षकहरुले त कम्पनीहरुमाथि ग्राहकलाई सामान बिग्रिएको खण्डमा मर्मत गर्न स्पेयर पाटपूर्जाहरु प्रदान गर्नुपर्ने सम्बन्धी कानुन नै ल्याउन लागिसकेका छन् । 

एप्पलका अनुसार २०० राष्ट्रहरुमा रहेका झन्डै २८,०० स्वतन्त्र मर्मत प्रदायकहरुसँग एप्पलको उत्पादनका पाटपूर्जा र ममर्त सम्बन्धी शीप छ । अहिलेका लागि यो रिपेयर कार्यक्रम लन्च भइसकेपछि अमेरिकामा मात्र उपलब्ध हुनेछ तर २०२२ सम्म अन्य देशहरसम्म पनि विस्तार गराउने बताएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ५, २०७८  ०८:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro