site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
एप्पल एआईले फेक न्युज फैलाएपछि बीबीसीले हाल्यो उजुरी

काठमाडौं । बेलायती सञ्चारमाध्यम बीबीसीले अमेरिकी टेक जायन्ट एप्पलविरुद्ध उजुरी हालिएको जनाएको छ । एप्पलले आइफोनमा सेयर गरेको एक भ्रामक समाचार (फेक न्युज)को स्रोत बीबीसी भनेर उल्लेख गरेपछि उजुरी दायर गरिएको बीबीसीले जनाएको छ ।

गएको साता बेलायतमा सार्वजनिक एप्पल इन्टेलिजेन्सले धेरै माध्यमको सूचनालाई एकीकृत गर्छ । र, एआईको माध्यमबाट नोटिफिकेसन दिन्छ ।

यस्तै एउटा सूचनामा एप्पल एआईले अमेरिकामा एक स्वास्थ्य उद्यमीको हत्या आरोपमा पक्राउ परेका लुइगी म्यांगियोनले आत्महत्या गरेको जनाएको थियो । उक्त सूचनाको स्रोत एप्पल एआईले बीबीसीको प्रकाशित समाचार भनेर झुटो दाबी गरेपछि उजुरी गरेको जनाइएको छ ।

यो विषयमा एप्पलसँग नै उजुरी गरिएको बीबीसीका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यसअघि, अमेरिकी सञ्चारमाध्यम न्युयोर्क टाइम्सलाई समेत यसरी नै झुटो समाचारको हलवा दिइएको जनाइएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१  १०:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro