देश
काठमाडौं । नेपाली सेनाले काठ तस्करलाई पक्राउ गरेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेना तथा निकुञ्ज प्रशासनसहितको संयुक्त टोलीले तस्करलाई पक्राउ गरेको हो ।
कञ्चनपुरको बाघफाँटा वैजनाथ मन्दिर क्षेत्रमा अवैध रूपमा सालको गोलिया गोटा–३ (९०.९८ क्यू.फिट) लैजाँदै गरेको अवस्थामा ७ जनालाई पक्राउ गरेर निकुञ्ज कार्यालयमा बुझाइएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ३, २०७८ १६:४५
प्रतिक्रिया दिनुहोस्