site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मिति तोक्ने अधिकार पाए मंसिरभित्रै दुवै  निर्वाचन : प्रमुख आयुक्त 
Sarbottam CementSarbottam Cement

काठमाडौं । निर्वाचन आयोगका प्रमुख आयुक्त डा. अयोधिप्रसाद यादवले निर्वाचनको मिति तोक्ने अधिकार निर्वाचन आयोगलाई दिए मंसिरभित्र दुवै निर्वाचान सम्पन्न गरेर देखाउने बताएका छन् । बिहीबार राज्य व्यवस्था समितिको बैठकमा यादवले निर्वाचन मिति तोक्ने अधिकार आयोगलाई दिएर ऐन आएमा तुरुन्तै मिति घोषणा गरी मंसिरभित्रै दुवै निर्वाचन सम्पन्न गर्ने ठोकुवा गरे ।

“निर्वाचन मिति तोक्ने अधिकार आयोगलाई दिने गरी एक हप्तामा ऐन बनाउनुस् । यसरी ऐन आयो भने हामी तुरुन्तै निर्वाचन मिति तोक्छौं,” उनले भने, “मंसिरको पहिलो साता वा कात्तिकमा । अनि यहाँहरु प्रचार–प्रसारमा जानुहोला । अधिकार पाए हामी समयमा गर्छौं ।”

Prabhu Bank
Agni Group
NIC Asia

त्यसैगरी सांसदहरुले नै निर्वाचन प्रत्येक पाँच वर्षमा हुने गरी ऐनमै मिति तोक्ने कुरा उठाएका थिए । त्यस विषयमा प्रमुख आयुक्त यादवले कानुनमै नेपालको सबै भौगोलिक क्षेत्रलाई विचार गरेर प्रतिनिधिसभा वा कुनै निर्वाचन हुने भनेर उल्लेख गर्दा अझ सहज र वैज्ञानिक हुने तर्क गरे । 

“निर्वाचको मिति सवैधानिक आयोगलाई तोक्ने व्यवस्था भयो भने प्रतिनिधिमुलक लोकतन्त्र बलियो हुन्छ,” उनले भने, “हामीले २०१५ साल देखि प्रतिनिधिमुलक लोकतन्त्रको अभ्यास गर्न खोजे पनि सफल हुन सकेका छैनौं । किनकी हामीले अद्यावधिक निर्वाचन गर्न सकेका छैनौं । मिति तोक्ने अधिकार आयोगलाई नै दियौं भने यो सुनिश्चित हुन्छ ।”
उनले कानुनमै निर्वाचन मिति घोषणा गरिदिँदा पनि प्रतिनिधिमुलक लोकतन्त्र स्थापित हुने धारणा राखे । 

Global Ime bank

“यदी समयमा अद्यावधिक निर्वाचन गर्ने अधिकार आयोगलाई दियौं वा ऐनमा यति समयमा निर्वाचन गर्ने भनेर तोक्न सकियो भने प्रतिनिधिमुलक लोकतन्त्र स्थापित हुन्छ,” उनले भने, “अझै निर्वाच मिति नै ऐनमा तोकिदिए सरकार र आयोगले कहिले तोक्ला भनेर कुर्नुपर्दैन । ऐनमै भएपछि संसद्ले नै निर्वाचन मिति तोकेको भयो ।”

यादवले दलहरुले आफ्नो राजनीतिक अभियान वर्षभरी चलाउन सक्ने र निर्वाचन मिति सुनिश्चित भएपछि आयोगले पनि सधै योजनबद्ध तरिकाले तयारी गर्ने बताए । अन्य देशमा पनि यस्तो अभ्यास भएको उनले जानकारी गराए ।

त्यसैगरी उनले निर्वाचन दुई चरणमा पनि गर्न सकिने र परिणाम भने एकै चरणमा घोषणा गर्न समेत सहज हुने धारणा राखे । छलफलमा गृहमन्त्री जनार्दन शर्माले मिति तोक्ने अधिकार आयोगलाई दिँदा राम्रो हुने तर यसबारे राजनीतिक दल र संसद्ले निर्णय गर्ने बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १९, २०७४  १८:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC