अर्थ व्यवसाय
काठमाडौं । सिभिल बैंक सञ्चालक समितिको अध्यक्षमा प्रतापजङ्ग पाण्डे चयन भएका छन् । बुधबार बसेको बैंक सञ्चालक समितिको ३६२औँ बैठकले पाण्डेलाई सर्वसम्मत रूपमा चयन अध्यक्षमा चयन गरेको हो ।
अध्यक्ष पाण्डेले बैंकलाई थप प्रभावकारी रूपमा अगाडि बढाउन सबै पक्षको सहयोगको अपेक्षा गरेको बताए । ग्राहकलाई नवीनतम सेवा तथा सुविधाहरू प्रदान गर्नेतर्फ बैंकले प्राथमिकता दिनुपर्ने उनले बताए ।
प्रकाशित मिति: बुधबार, मंसिर १, २०७८ २०:५४
प्रतिक्रिया दिनुहोस्