काठमाडौं । नेपाली कांग्रेसले प्रदेश महाधिवेशनका लागि आयोजक समिति बनाउने तयारी थालेको छ । कांग्रेसको आइतबार बूढानीलकण्ठस्थित पार्टी सभापति शेरबहादुर देउवा निवासमा जारी केन्द्रीय समिति बैठकमा प्रदेश महाधिवेशन गराउन आयोजक समिति गठन गर्न नेताहरूको नाम प्रस्ताव गरिएको छ ।
प्रस्तावअनुसार सातजना नेताको नाम आएको छ । प्रदेश–१ महाधिवेशन आयोजक समितिको संयोजकमा कृष्णप्रसाद सिटौलाको नाम प्रस्ताव गरिएको छ । यस्तै, प्रदेश–२ को महाधिवेशन आयोजक समिति संयोजकमा नेता रमेश रिजालको नाम प्रस्ताव गरिएको छ भने वाग्मती प्रदेशको महाधिवेशन आयोजक समिति संयोजकत्मा प्रकाशमान सिंहको नाम प्रस्ताव गरिएको छ ।
यस्तै, गण्डकी प्रदेशमा गोपालमान श्रेष्ठ, लुम्बिनीमा गृहमन्त्रीसमेत रहेका बालकृष्ण खाँण, कर्णलीमा जीवनबहादुर शाही र सुदूरपश्चिममा कानुनमन्त्रीसमेत रहेका दिलेन्द्रप्रसाद बडुको नाम महाधिवेशन आयोजक समितिको संयोजकमा प्रस्ताव गरिएको छ । केन्द्रीय महाधिवेशनका लागि भने आवाज तथा भोजन व्यवस्थापन समितिको संयोजकमा नेता सुरेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको कांग्रेसका एक केन्द्रीय सदस्यले बताएका छन् ।