अर्थ व्यवसाय
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले भन्सार सहजीकरणका लागि भन्सार विभागलाई सुझाव दिएको छ । चेम्बरले वास्तविक कारोबार मूल्यलाई मान्यता दिनुपर्ने जनाएको छ ।
भन्सारको मुख्य काम ब्यापार सहजीकरण गर्ने हुनुपर्ने भन्दै चेम्बरले राजस्व संकलनको मेरुदण्ड मूल्य अभिवृद्धि कर र आयकर हुनुपर्ने पनि जनाएको छ ।
चेम्बरले भन्सार एजेन्टको संख्या आवश्यकताअनुसार बढाउनुपर्ने, सबै भन्सार कार्यालयहरूमा भुक्तानी गर्न अनलाइन पेमेन्टको व्यवस्था अबिलम्ब गर्नुपर्ने, भन्सार कार्यालय ड्राइपोर्ट वीरगञ्जमा भौतिक पूर्वाधारलगायत आवश्यक दक्ष कर्मचारीको व्यवस्था गर्नुपर्ने लगायतका सुझाव दिएको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७८ १६:५०
प्रतिक्रिया दिनुहोस्