![प्रधानसेनापति शर्मा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच शिष्टाचार भेट](https://12khari.top/uploads/posts/Prabhuram Sharma and Bides1636625950.jpg)
काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच आज शिष्टाचार भेट भएको छ । चारदिने भारत भ्रमणमा रहेका प्रधानसेनापति शर्माले तेस्रोदिन आज भारतीय विदेश मन्त्री जयशंकरलाई भेटेका हुन् ।
प्रधानसेनापति शर्मासँगको भेटबारे विदेशमन्त्री जयशंकरले ट्विटमार्फत जानकारी गराएका हुन् । ट्विटमा तबस्वर सार्वजनिक गर्दै जयशंकरले लेखेका छन्, “उहाँको भ्रमणले हाम्रो सम्बन्धको निकटतालाई झल्काउँछ ।”
यस्तै, प्रधानसेनापति शर्मा र विदेशमन्त्री बीचको भेटमा द्वीपक्षीय हितको बारेमा छलफल भएको जंगी अड्डाले जनाएको छ ।
प्रधानसेनापति शर्मा भारतका स्थल सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा भारत भ्रमणमा छन् । हिजो उनले राष्ट्रपति रामनाथ कोविन्दबाट भारतीय सेनाको मानार्थ महारथीको पदवी ग्रहण गरेका थिए ।
![Royal Enfield Island Ad](https://baahrakhari.com/uploads/bigyaapan/15756600.gif)