अर्थ व्यवसाय
काठमाडौं । फुटवेयर बिजनेस एक्स्पाे हुने भएकाे छ । कार्तिक २६ देखि मंसिर १३ गते सम्म प्रदर्शनिमार्गस्थित भृकुटीमण्डपमा जुत्ता चप्पल व्यापार मेला हुन लागेकाे हो ।
वर्षमा दुईपटक काठमाडौंमा र हरेक प्रदेशमा वर्षमा एकपटक व्यापारिक मेला आयोजना गर्ने फुटवेयर म्यानुफ्याक्चर एसाेसिएसनकाे नीतिअनुसार यो वर्षको पहिलो मेला आयाेजना गर्न लागिएकाे जनाइएको छ ।
'स्वदेशी वस्तुको प्रवर्द्धन, हाम्रो अभियान' भन्ने मूल नाराका साथ हुन लागेकाे मेलामा नेपालका चर्चित ३० ओटा कम्पनीहरूका ६० ओटा भन्दा बढी स्टलहरु रहने जनाइएकाे छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २३, २०७८ २२:२६
प्रतिक्रिया दिनुहोस्