साहित्य
काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटा बसेको मैतीदेवीस्थित घर भत्काएर संग्रहालय निर्माण सुरु गरिएको छ । मैतीदेवीस्थित कविकुञ्ज रहेको जग्गा सरकारले २ करोड ५० लाखमा किनेपछि संग्राहलय निर्माणको काम सुरु भएको हो ।
तीनतले पुरानो भवन भत्काएर नयाँ घर निर्माणको काम अहिले भइरहेको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानका अनुसार नयाँ संग्रहालयको भवनको पहिलो तलामा देवकोटाले प्रयोग गरेका सामग्री राखिने छ । उनले सुत्नका लागि प्रयोग गरेको पलङ, लगाएका कपडा, प्रयोग गरेका भाँडाकुँडा तथा औजार सोही तलामा राखिने छ ।
दोस्रो तलामा देवकोटाले लेखेका सबै सामग्री, प्रकाशित पुस्तक र अप्रकाशित पाण्डुलिपी राखिने छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १८, २०७८ १०:०४
प्रतिक्रिया दिनुहोस्