काठमाडौं । आफ्नो महत्वपूर्ण खेलमा भारतले अफगानिस्तानविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । शेख जायद क्रिकेट स्टेडियमा अफगानिस्तानका कप्तान मोहम्द नाबीले टस जितेर पहिले बलिङ रोजेपछि भारतले सुरुमा ब्याटिङ गर्ने भएको हो ।
आजको खेलमा पराजित भए भारत पहिलो चरणबाटै बाहिरिनेछ । यता आजको खेलमा जित निकाल्दै अफगानिस्तान सेमिफाइनलमा पुग्न आफ्नो स्थान बलियो बनाउने योजनामा छ ।
समूह ‘बी’मा रहेको अफगानिस्तान तीन खेलबाट ४ अङ्क जोडेर तेस्रो स्थानमा छ । ८ अङ्क जोडेर शीर्ष स्थानमा रहेको पाकिस्तान सेमिफाइनलमा पुगिसकेको छ । त्यसैले आजको खेल आफगानिस्ताका लागि महत्त्वपूर्ण रहेको छ । आजको खेलमा जित निकाले अफगानिस्तानको सेमिफाइनल यात्रा लगभग तय हुनेछ । किनभने, अफगानिस्तानको नेट रनरेट राम्रो छ ।
यता लगातार दुई खेलमा पराजित भएको भारत आजको खेलमा सहज जित निकाल्ने योजनामा छ । आजको खेलमा पराजित भए भारत लगातार तीन खेलमा हार बेहोरेर पहिलो चरणबाटै बाहिरिनेछ ।