site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
खेलकुदमन्त्रीले अल्मुताइरीलाई भने– गोर्खाली स्पिडलाई कायम राख्नू, केही परे सिधै मलाई भन्नू
फाइल तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठाडमौं । थप दुई वर्षका लाग सम्झैता नवीकरण गरेर नेपाल फर्किएका नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई आज युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले स्वागत गरेका छन् । 

अल्मुताइरी शनिबार राति नेपाल फर्किएका थिए । माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिप सकेर उनी सिधै कतार फर्किएका थिए । उनी शनिबार पुनः नेपाल फर्किएका हुन् । अल्मुताइरीलाई स्वागत गर्ने क्रममा मन्त्री गहतराजले विगतमा देखिएका समस्या नदोहरिने प्रतिवद्धता जनाएका थिए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

“बाहिर चलेका हल्लाको पछि नगाग्नु होला । केही समस्या परेमा हामी आधिकारिक निकाय युवा तथा खेलकुद मन्त्रालयमा वा मलाई सिधै सम्पर्क गर्न सक्नुहुनेछ,” पाल्पाली ढाका टोली लगाइदिएर स्वागत गरेका मन्त्री गहतराजले भने, “नेपाल सरकार तपाईंको साथमा छ । गोर्खाली स्पिडलाई कायम राखेर काम गर्नुहोला ।”

अल्मुताइरीको यसअघि पटकपटक विवादमा तानिएका थिए । समर्थकलाई सम्बोधन गर्दै एन्फा वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङका कारण आफूले काममा बाधा भएकाले राजीनामा दिने बताएका थिए । अल्मुताइरीले फेसबुकमा उक्त स्ट्याटस लेखेपछि एन्फामा विवाद सिर्जना भएको थियो । एन्फाले विवाद समाधानका लागि मन्त्रालयलाई नै गुहार्नुपरेको थियो । 

Royal Enfield Island Ad

माल्दिभ्समै पनि उनले साफ च्याम्पियनसिपको फाइनलमा स्थानमा बनाएपछि अल्मुताइरीले कहिल्यै नेपाल नफर्किने घोषणा गरेका थिए । त्यहीअनुसार उनी नेपाल नफर्किई सिधै कतार गएका थिए ।

तर, पुनः थप दुई वर्षको सम्झैता नविकरण गरेर उनी नेपाल फर्किएका छन् । नेपाल फर्किएपछि उनले त्रिभुवन विमानस्थलमा आफ्नो घर फर्किएको बताएका थिए । उनै अल्मुताइरीले आज युवा तथा खेलकुद मन्त्रालयमा भने, “आज मेरो जीवनको अविस्मरणीय क्षण हो । नेपाली फुटबललाई थप उचाईमा पुर्‍याउनका लागि म प्रतिबद्ध छु ।”

अल्मुताइरीको प्रशिक्षणमा नेपालले पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा स्थान बनाउन सफल भएको थियो । तर, फाइनलमा भारतसँग पराजित भएपछि नेपालले उपविजतामा चित्त बुझाउनुपरेको थियो । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १४, २०७८  १७:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro