site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
अमेरिकाद्वारा नेपाललाई १ लाख  बढी फाइजर खोप प्रदान
Siddhartha BankSiddhartha Bank

काठमाडौँ । अमेरिकी सरकारले नेपाललाई कोभिड-१९ विरुद्ध लड्नका लागि १ लाख ६२० मात्राको फाइजर खोप अनुदानस्वरूप उपलब्ध गराएको छ । यो अत्यन्तै प्रभावकारी खोप प्रदान गर्नुअघि अमेरिकाले नेपाललाई गत असारमा एक मात्रा लगाए पुग्ने १५ लाख ३० हजार मात्राको जोन्सन एन्ड जोन्सन खोप अनुदानस्वरूप उपलब्ध गराएको थियो भने १२ करोड २० लाख डलरभन्दा बढीको सहायता जीवन रक्षा गर्ने स्वास्थ्य सामग्री, तालिम र प्राविधिक सहयोगको स्वरूपमा नेपाललाई प्रदान गरेको थियो । महामारीको समयमा नेपाललाई जारी सहयोगको हिस्सास्वरूप अमेरिकाले खोप नि:शुल्क र पूर्वशर्तबिना अनुदानस्वरूप प्रदान गरेको हो ।

यसका अतिरिक्त अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) र उसका साझेदारहरूले अत्यन्त न्यून तापक्रमका फ्रिजर, वाक-इन फ्रिजर, वाक-इन कोल्ड रूम, फ्रिजर भ्यान, क्रायोजेनिक पन्जा र चश्मा उपलब्ध गराउनुका साथै स्वास्थ्यकर्मीहरूलाई तालिम दिएर नेपाललाई फाइजर खोपको यस किस्ताका लागि तयारी गर्न मद्दत गरेका छन् । यसको फलस्वरूप थप खोप प्राप्त गर्ने दिशामा नेपालका विकल्प र क्षमतालाई बल पुग्नेछ ।

Agni Group
NIC Asia

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित कार्यक्रममा युएसएआईडी नेपालका निर्देशक सेपिडे केभान्शाडले मन्त्रालयका सचिव डा. रोशन पोखरेललाई खोप हस्तान्तरण गरे ।

युनिसेफमार्फत खरिद गरी टेकुस्थित स्वास्थ्य सेवा विभागमा राखिएका चार थान अत्यन्त न्यून तापक्रमका फ्रिजरमा पछिको समयमा बाँकी मुलुकमा खोप वितरण गर्ने बेला नभएसम्मका लागि उक्त खोप भण्डारण गरिनेछ ।

Global Ime bank

“जीवन रक्षा गर्ने १ लाख ६२० मात्राको फाइजर खोप नेपाललाई अनुदानस्वरूप उपलब्ध गराउँदै कोभिड महामारीको समयमा नेपालप्रतिको हाम्रो सहयोगलाई निरन्तरता दिन पाएकोमा अमेरिकालाई खुशी लागेको छ । यस खोपलाई भण्डारण तथा वितरण गर्नका लागि उचित संरचना सुनिश्चित गर्दै नेपाललाई थप सहयोग गर्न पाएकोमा हामीलाई गर्व लागेको छ । यसको फलस्वरूप नेपाललाई भविष्यमा फाइजर खोपका थप मात्राहरू प्राप्त गर्न सहज हुनेछ," निर्देशक केभान्शाडले भनेका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १२, २०७८  ०८:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय