खेल
काठमाडौं । एएफसी यू–२३ एसियन कप छनोट प्रतियोगिताको दोस्रो खेलमा नेपालले आज ताजिकिस्तानविरुद्ध पहिलो हाफमा ३–० ले पछि परेको छ ।
आयोजक ताजिकिस्तानले २५औँ मिनेटमा अग्रता लिएको थियो । रिपब्लिकन सेन्ट्रल रंगशालामा जारी खेलमा ताजिकिस्तानले ३२औँ मिनेटमा घरेलु टिमले अग्रता दोब्बर बनाएको थियो । ताजिकिस्तानले ४०औँ मिनेटमा अर्को गोल थपेको छ । ताजिकिस्तानका शेर्भोनी मबास्शोभ, शराफजोन सोलेहोभ र सोइरोभ रुस्तमले गोल गरे ।
छनोट प्रतियोगिताको समूह ‘बी’ रहेको नेपाल पहिलो खेलमा इरानसँग ४–० गोलले पराजित भएको थियो । इरानले आजै सम्पन्न अर्को खेलमा लेबनानलाई २–० ले हराएको थियो । ताजिकिस्तानले पनि पहिलो खेलमा लेबनानलाई १–० ले हराएको थियो ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७८ २०:४६
प्रतिक्रिया दिनुहोस्