site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
न्यायालयभित्रको विवादले गम्भीर अनिष्टको संकेत गरेको छ : बाबुराम भट्टराई
Siddhartha BankSiddhartha Bank

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले न्यायालयभित्रको विवाद लोकतन्त्रको निन्ति शोभनीय नभएको बताएका छन् । बिहीबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले न्यायालयभित्रको विवादले गम्भीर अनिष्टको संकेत गरेको समेत बताए ।

उनले न्यायालयभित्रको विवाद न्यायालयभित्रैबाट हल हुनुपर्ने भन्दै त्यसो हुन नसके व्यवस्थापिकाले समस्या हल गर्ने बताए । 

Agni Group
NIC Asia

त्यस्तै उनले एमाले अध्यक्ष केपी ओलीले न्यायालयको आन्तरिक विषयमा हस्तक्षेप गर्नु खोज्नु पानी धमिलाएर माछा मार्नु जस्तो भएको पनि बताए ।

कांग्रेस नेता भिमसेनदाश प्रधानले प्रधानन्याधीश कै कारण विवाद उठेको बताए । उनले पनि न्यायालयको विवाद न्यायालयबाटै निरूपण भए न्यायालयको इज्जत बढ्ने बताए ।

Global Ime bank

त्यस्तै एमाले सांसद महेश बस्नेतले भने न्यायालयमा देखिएको समस्या व्यक्तिगत रूपमा भन्दा पनि नीतिगत समाधान हुनुपर्ने बताए । बस्नेतले वर्तमान प्रधानन्याधीश हटाएर नयाँ प्रधानन्याधीश ल्याउनका लागि विवाद सिर्जना गर्न खोजिएको आशंकासमेत गरे ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७८  १५:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय