site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लाभांश नै नदिने यी पाँच कम्पनी, जसको सेयरमूल्य उच्च छ

काठमाडौं । अहिले बर्सौंदेखि लगानीकर्तालाई लाभांश नदिएका कम्पनीहरूको सेयरमूल्य दोस्रो बजारमा उच्च छ । उच्च मूल्यमा सेयर खरिद गरेर कतिपय लगानीकर्ता फस्ने पनि गरेका छन् । कम मूल्यमा सेयर खरिद गरेर उच्च मूल्यमा बिक्री गर्दा कतिपयले नाफा त कमाउलान्, तर धेरै त्यही उच्च मूल्यको सेयर खरिद गरेर फस्ने जोखिम हुन्छ ।

लाभांश दिँदै नदिने, वित्तीय अवस्था खराब भएका कम्पनीमा सेयर खेलाडीहरूले सामान्य लगानीकर्तालाई फसाउने गरेका छन् । बर्सौंदेखि लाभांश नदिएका, वित्तीय विवरण ऋणात्मक भएका कम्पनीहरूको सेयरमूल्य अहिले उच्च छ । यस्तै मध्येका बढी सेयर मूल्य भएका पाँच कम्पनीको विश्लेषण यहाँ गरिएको छ । 

राष्ट्रिय बिमा कम्पनी

२०६२/६३ सालमा ११४.२७ प्रतिशत लाभांश वितरण गरेको यस कम्पनीले त्यसयता लगानीकर्तालाई लाभांश वितरण गरेको छैन । लाभांश वितरण नगरे पनि यस कम्पनीको अहिले बजारमूल्य प्रतिकित्ता १७ हजार रुपैयाँ छ ।

गत असार मसान्तसम्म यस कम्पनीले ६२ करोड ७३ लाख नौ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । सरकारको स्वामित्व भएका कारण र प्रतिसेयर मूल्य तथा प्रतिसेयर नेटवर्थ उच्च भएका कारण यस कम्पनीमा लगानीकर्ता झुमिएको देखिन्छ । गत असार मसान्तसम्म यस कम्पनीको प्रतिसेयर नेटवर्थ एक हजार ६३२ रुपैयाँ १० पैसा छ । 

त्यसैगरी, बिमा प्राधिकरणको पुँजीवृद्धि योजनाअनुसार यस कम्पनीको चुक्तापुँजी नभएकाले पनि कम्पनीको पुँजीवृद्धिमा हकप्रद सेयरको आश गरेर लगानीकर्ता आकर्षित भएको देखिन्छ । यस कम्पनीको चुक्तापुँजी २६ करोड ६६ लाख ३९ हजार ५९ रुपैयाँ छ । 

प्राधिकरणले निर्जीवन बिमा कम्पनीको चुक्तापुँजी दुई अर्ब ५० करोड बनाउन निर्देशन दिएको छ ।

विशाल बजार कम्पनी

यस कम्पनीले हालसम्म लगानीकर्तालाई लाभांश बाँडेको छैन । समयमा साधारण सभा गरेर वित्तीय विवरण पारित गर्न नसक्ने यो कम्पनीमा लगानीकर्ताको आकर्षण देखिन्छ । 

कम्पनीले आर्थिक वर्ष २०७७/२०७८ को दोस्रो त्रैमाससम्मको मात्र वित्तीय विवरण सार्वजनिक गरेको छ । त्यसपछिका वित्तीय विवरण भने कम्पनीले सार्वजनिक गरेको छैन । लगानीकर्ताप्रति गैरजिम्मेवार यो कम्पनीमा लगानीकर्ताको आकर्षण भने उच्च छ । कम्पनीको सेयरमूल्य धितोपत्र दोस्रो बजारमा ४२ सयभन्दा बढी छ । 

आर्थिक वर्ष २०७७/२०७८ को दोस्रो त्रैमाससम्म कम्पनीको प्रतिसेयर नेटवर्थ उच्च भएकाले पनि कम्पनीमा लगानी गर्ने बढेको बुझ्न सकिन्छ । तर, हालको यो मूल्य लगानीकर्ताका लागि जोखिम हो ।

त्यतिबेला सार्वजनिक गरिएको वित्तीय विवरणअनुसार, कम्पनीको प्रतिसेयर नेटवर्थ एक हजार ६८५ रुपैयाँ ३२ पैसा छ । त्यस्तै, यस कम्पनीको प्रतिसेयर आम्दानी २५० रुपैयाँ २५ पैसा छ । 

नेपाल फाइनान्स

नेपाल फाइनान्सको अहिले बजार मूल्य १५ सय रुपैयाँ छ । यस फाइनान्सको सेयर मूल्य केही समय अगाडि २६ सयभन्दा बढी पुगेको थियो । तर, यो कम्पनीको लाभांश दिने क्षमता छैन ।

गत आर्थिक वर्ष २०८०/८१ सम्म कम्पनीको वितरणयोग्य मुनाफा २० करोड ८२ लाख २९ लाख रुपैयाँ ऋणात्मक छ । 

कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्म एक करोड ८१ लाख १८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । त्यस अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी दुई रुपैयाँ ४८ पैसा छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ५२ पैसा छ । 

चालु आर्थिक वर्षको पहिलो त्रैमासम्म त यो कम्पनीको प्रतिसेयर आम्दानी तीन रुपैयाँ २९ पैसा ऋणात्मक छ । त्यस्तै, पहिलो त्रैमासम्म कम्पनी ४४ करोड ३९ हजार ऋणात्मक छ ।

गुडविल फाइनान्स

गुडविल फाइनान्सले विगत तीन वर्षदेखि लगानीकर्तालाई लाभांश दिएको छैन । तै पनि यस कम्पनीको सेयरमूल्य एक हजारभन्दा बढी छ । कुनै समय लगानीकर्तालाई २६ प्रतिशतसम्म लाभांश दिएको यस कम्पनीले आर्थिक वर्ष २०७७/७८ यता लाभांश दिएको छैन् । आर्थिक वर्ष २०७७/७८ मा यो कम्पनीले लगानीकर्तालाई कुल १३ प्रतिशत लाभांश वितरण गरेको थियो । 

गत आर्थिक वर्ष २०८०/८१ को अन्त्यसम्ममा कम्पनीले १४ करोड ८४ लाख रुपैयाँ नाफा गरेको भए पनि लाभांश वितरण गर्ने क्षमता छैन । किनभने यस कम्पनीको वितरणयोग्य मुनाफा ऋणात्मक छ ।

कम्पनीले गरेको नाफाबाट वितरणयोग्य मुनाफा खातामा राख्नुपर्ने भएकाले यस कम्पनीमा लागनी गर्ने सेयरधनीले लाभांश पाउँदैनन् । तर, दोस्रो बजारमा भने यस कम्पनीको सेयर एक हजारभन्दा बढीमा खरिद गरिरहेका छन् । 

चौध करोड नाफा गरेको कम्पनीको वितरणयोग्य मुनाफा खाता २९ करोड ४३ लाख ८५ हजार रुपैयाँ ऋणत्मक छ । 

कर्पाेरेट डेभलपमेन्ट बैंक

धितोत्र दोस्रो बजारमा सूचीकृत भएदेखि यो बैंकले लगानीकर्तालाई एकपटक मात्र लाभांश दिएको छ । यो बैंकले आर्थिक वर्ष २०७८/७९ मा ५.२६ प्रतिशत लाभांश दिएको हो । लाभांश नदिए पनि दोस्रो बजारमा यो बैंकको सेयरमूल्य महँगो छ । हाल यो कम्पनीको सेयर मूल्य ९०० भन्दा बढी छ । 

एक वर्षको अवधिमा यो बैंकको मूल्य एक हजारभन्दा माथि उक्लिएको थियो । कुनै समय बिक्री नै नहुने यो बैंकको सेयर अहिले भने बढ्न थालेसँगै लगानीकर्ता उत्साहित भएर किनिरहेका छन् । 

यो बैंकले गत असार मसान्तसम्म एक करोड ७८ लाख ६० हजार रुपैयाँ नाफा गरेको छ । ५२ करोड ५० लाख रुपैयाँ चुक्तापुँजी भएको यो बैंकको जगेडा कोषमा १७ करोड ६३ लाख ७८ हजार रुपैयाँ छ ।  

share-price-1730649692.png
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १९, २०८१  ०७:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro