site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रवि लामिछानेलाई म्याद थपका लागि अदालत लगिँदै, पोखरापछि भैरहवा लगिने 
Tiktok banner adTiktok banner ad

काठमाडौं । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा हिरासतमा राखेर अनुसन्धान गरिएका रास्वपा सभापति रवि लामिछानेलाई म्याद थपका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराइने भएको छ ।

यसअघि थप भएको म्याद सकिएलगत्तै तिहार बिदा भएका कारण उनलाई आज अदालतमा उपस्थित गराइन लागिएको प्रहरीले जनाएको छ । उनलाई कात्तिक २ गते काठमाडौंस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ गरिएको थियो ।

पहिलोपल्ट ६ दिन र पछिल्लोपल्ट ७ दिन म्याद थप गरेर अनुसन्धान जारी छ । यसैबीच उनको अनुसन्धान कास्कीमा सकिएपछि थप अनुसन्धानका लागि उनलाई भैरहवा लगिने भएको छ । उनीमाथि सुप्रिम सहकारी ठगीविरुद्ध पनि आरोप छ । सुप्रिम सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्न उनलाई भैरहवा लैजान लागिएको हो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१  ०९:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro