site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संविधानअनुसारको अधिकार प्रदेशले पाउनुपर्छ : विमलेन्द्र निधि

धनुषा । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले सातवटै प्रदेश सरकारलाई सम्पन्न बनाउन संविधान अनुसारको अधिकार प्रदेशलाई दिइनुपर्ने बताएका छन् ।

महोतरीका कांग्रेसका नेता स्वर्गीय शिवचन्द्र मिश्रको ८१औँ जन्मयन्तीको अवसरमा महोतरीको लोहरपट्टीमा आज आयोजित समारोहलाई सम्बोधन गर्दै नेता निधिले कांग्रेसको नेतृत्वमा बनेको संविधान र त्यसभित्र उल्लेखित उपलब्धि बचाउन कांग्रेस नै नेतृत्व लिन आवश्यक रहेको बताए ।

Argakhachi Cement Island Ad

निधिले भने, “मधेस सरकार कमजोर भयो भन्नु गलत हो, कमजोर नियोजितरूपमा बनाइँदै छ, त्यसका लागि आन्दोलन गर्नुपर्ने हुन्छ ।”

सर्वपक्षीय सर्वदलीय संघर्षपछि कांग्रेसको नेतृत्वमा संघीय गणतन्त्रात्मक प्रणालीसहितको संविधान पाएको बताउँदै उनले स्वर्गीय शिवचन्द्र मिश्र, सहिद दुर्गानन्द झासहितका नेता र योद्धाहरूका प्रेरणाबाट मधेसमा कांग्रेसले विरासत बनाएको उल्लेख गरे ।

गणतन्त्रवादी नेता दुर्गानन्द झाका सहयात्री शिवचन्द्र मिश्र रहेको स्मरणमा जेलनेल भोगेका कुराहरू स्मरण गराउँदै निधिले मिश्र देशकै सपुत रहेको बताए । रासस

प्रकाशित मिति: सोमबार, कात्तिक १९, २०८१  २१:५६
प्रतिक्रिया दिनुहोस्