site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
यी हुन् डोनाल्ड ट्रम्प र कमला ह्यारिसले चुनाव जित्न सक्ने १० कारण

काठमाडौं । अमेरिकी राष्ट्रपतिको दौडमा छन्, पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र वर्तमान उपराष्ट्रपति कमला ह्यारिस । डोनाल्ड ट्रम्प सन् २०१७ मा राष्ट्रपतिमा निर्वाचित भएका थिए । त्यसपछि सन् २०२० मा भएको चुनाव उनी हारे । कमला ह्यारिस भने उपराष्ट्रपति हुन् ।

यस कारण जित्न सक्छन् डोनाल्ड ट्रम्प

१. उनी शक्तिमा छैनन्

Dabur Nepal
NIC Asia

अमेरिकी मतदाताको सबैभन्दा ठूलो मुद्दा हो, अर्थतन्त्र । अमेरिकीहरू पछिल्लो समय ‘हाई कस्ट अफ लिभिङ’बाट प्रताडित भइरहेको गुनासो गरिरहेका छन् । ‘पोस्ट कोभिड’ले सिर्जित ‘हाई कस्ट अफ लिभिङ’का कारण सन् २०२४ मा विश्वभर भएका चुनावमा मतदाताहरूले सत्तामा रहेको पार्टीलाई हराएका छन् । र, यसपटक अमेरिकी मतदाताहरू परिवर्तनका लागि भोका छन् ।

बीबीसी सर्वेक्षणका अनुसार, अमेरिकामा भइरहेका गतिविधिप्रति २६ प्रतिशत अमेरिकी मतदातामात्र सन्तुष्ट छन्, ७२ प्रतिशत असन्तुष्ट छन् । यसैगरी, ३२ प्रतिशतले मात्र अमेरिकाको अर्थतन्त्र राम्रो चलिरहेको मान्छन् भने ६२ प्रतिशतले ठिकठाकसँग चल्न नसकेको विश्वास गर्छन् ।

कमलालाई परिवर्तनको उमेदवार भनिएपछि उपराष्ट्रपतिका रूपमा उनी राष्ट्रपछि जो बाइडेनको अलोकप्रियताबाट टाढा छैनन् ।

२. नकारात्मक समाचारको फाइदा

ट्रम्पका समर्थकले सन् २०२१ मा अमेरिकी कंग्रेसमा हमला गरेपछि उनीमाथि आपराधिक मुद्दा लाग्यो । तर, पनि उनका मतदाता घटेनन् । यस घटनापछि डेमोक्र्याटले  ‘नेभर ट्रम्प’ भने पनि उनले आफू राजनीतिक षड्यन्त्रको सिकार भएको दाबी गरिरहेका छन् । रिपब्लिकनहरू उनको दाबीमा विश्वास गर्छन् । तसर्थ, ट्रम्पले चुनावमा स्वतन्त्र मतदातालाई आफ्नो पक्षमा पार्न सक्छन् र फेरि एकपटक राष्ट्रपति हुन सक्छन् ।

३. आप्रवासी मुद्दा

देशको अर्थतन्त्रको मुद्दाभन्दा पनि चुनावमा मतदातालाई भावनात्मक मुद्दाले तान्छ । डेमोक्र्याटहरू गर्भपतनलाई आफ्नो मुद्दा बनाइरहेका छन्, ट्रम्प गैरकानूनी आप्रवासनलाई ।

जो बाइडेनको पालामा सीमा क्षेत्रमा रेकर्ड संख्यामा आप्रवासी आए । तसर्थ, मतदाताहरू आप्रवासीको मुद्दामा ट्रम्पलाई विश्वास गर्छन् । उनी आप्रवासनको मुद्दामा यस अगाडिको चुनावभन्दा राम्रो समर्थन जुटाइरहेका छन् ।

४. गाउँ र साना सहरमा ट्रम्पले जित्न सक्छन् विश्वास

ट्रम्पले अमेरिकी राजनीतिक परिवर्तनमा ठूलो योगदान गरेका तर पिछडिएको महसुस गर्ने अमेरिकी मतदाताहरूलाई प्रभावित पार्ने काम गरेका छन् । उद्योगकमा कार्यरत मजदुर र ट्रेड युनियनलाई उनले आकर्षित गरेका छन् । उनीहरूको संरक्षणका लागि विभिन्न काम गर्ने वाचा गरेका छन् ।

गाउँ र साना सहरमा ट्रम्पको मुद्दाको प्रभाव परे सहरी क्षेत्रमा घटेका रिपब्लिकनका शिक्षित मतदाताको पूर्ति हुने छ ।

५. अस्थिर विश्वमा बलियो मान्छे

ट्रम्पका आलोचकहरू उनलाई अधिनायकवादी भन्छन् । तर, ट्रम्पको कार्यकालमा कुनै ठूलो युद्ध भएन । कयौँ अमेरिकीहरू युक्रेन, इजरायलमा अमेरिकाले बिलयन डलरको सहयोग पठाएकामा आक्रोशित छन् । बाइडेनको कार्यकालमा अमेरिका कमजोर भएको ठान्छन् ।

यसकारण जित्न सक्छिन् कमला

१. उनी ट्रम्प होइनन् !

ट्रम्प हुनुका अनेक फाइदाका बाबजुद उनी अमेरिकी समाजलाई ध्रुवीकृत गराउने व्यक्तिका रूपमा चिनिन्छन् । सन् २०२० मा राष्ट्रति उमेदवार हुन रिपब्लिकनका तर्फबाट रेकर्ड संख्यामा मत पाए पनि सात मिलियन भोटले जो बाइडेनसँग हारे ।

यही कारण ट्रम्प फर्किए भने उनले अमेरिकी समाज विभाजन गर्छन् भनेर कमला मतदाताको ‘फियर फ्याक्टर’सँग खेल्दै छिन् । उनले ट्रम्पलाई ‘फासिस्ट’ र अमेरिकी प्रजातन्त्रका लागि खतरा भनेकी छन् । गत जुलाई महिनामा रोयटर्सले गरेको सर्वेक्षणमा पाँचमा चारजना अमेरिकी देश नियन्त्रण बाहिर गएको ठान्छन् । यही कराण ह्यारिस आफूले देशलाई स्थिर बनाउने बताँउछिन् ।

२. उनी बाइडेन पनि होइनन् !

बाइडेन राष्ट्रपतीय चुनावबाट बाहिरिएपछि डेमोक्र्याट ट्रम्पलाई हराउने आफ्नो चाहना लगभग मारिसकेका थिए । तर, पार्टीले तुरुन्तै ह्यारिसलाई बाइडेनको ठाउँमा उभ्यायो । उनले तीव्र गतिमा आफ्नो अभियान सुरु गरिन्, जसले मतदातालाई आर्कषित पनि गर्‍यो ।

यता रिपब्लिकनहरू भने बाइडेनका अलोकप्रिय नीतिससँग कमलालाई जोडेर आलोचना गरिरहेका छन् । कमला आफूलाई बाइडेनसँग जोड्नु अनावश्यक भएको प्रस्टीकरण दिँदै आएकी छन् ।

सुरुमा मतदाता बाइडेनको उमेर र स्वास्थ्यलाई लिएर चिन्ता गरिरहेका थिए । तर, ह्यारिस चुनावी मैदानमा उत्रिएपछि यो चिन्ता ट्रम्पतिर सोझियो । अमेरिकी राष्ट्रपतीय चुनावमा भिडिरहेका ट्रम्प सबैभन्दा धेरै उमेरका व्यक्ति हुन् ।

३. महिला अधिकारकी च्याम्पियन

गर्भपनतको संवैधानिक अधिकार हटाएपछिको यो पहिलो राष्ट्रपतीय चुनाव हो । मतदाताहरू गर्भपतनको अधिकार सुरक्षित गर्नुपर्ने विषयमा चिन्तित छन् । सन् २०२२ को चुनावमा यो मुद्दाले निकै ठूलो प्रभाव पारेको थियो ।

यतिखेर एरिजोना जस्ता ‘स्विङ’ राज्यसहित १० वटा राज्यका मतदातामाझ गर्भपतनालाई कसरी नियमन गर्नुपर्छ भनेर सोधिएको छ । यो कुरा ह्यारिसको पक्षमा हुने सम्भावना छ । पहिलो महिला राष्ट्रपति हुने उनको वाचाले पनि उनलाई महिला मतदातामाझ बलियो बनाएको छ ।

४. देखिने मतदाता

ह्यारिसलाई मत दिनेहरूमा कलेज पढेका शिक्षित र उमेर पुगेकाहरू हुने छन् । डेमोक्र्याटको सबैभन्दा ठूलो मतदाता समूह यही हो । यता ट्रम्पको भने युवा र अशिक्षित मतदताको समूह धेरै छ ।

यस चुनावमा ह्यारिसका मतदाता प्रस्टरूपमा देखा पर्छन् कि नाइँ भन्ने मुख्य प्रश्न हो ।

५. विज्ञापनमा धेरै खर्च

अमेरिकी चुनाव खर्चिलो भएको विषय कसैबाट लुकेको छैन । २०२४ को यो चुनाव अमेरिकी चुनाव इतिहासकै सबैभन्दा महँगो चुनाव हो । यो चुनावमा खर्च गर्नेमा पहिलो नम्बरमा छिन्, ह्यारिस ।

उनी उमेदवार भएपछि अत्याधिक चन्दा संकलन भयो । फाइनान्सियल टाइम्सको विश्लेषणअनुसार उनले विज्ञापनमा ट्रम्पले भन्दा दुई गुणा बढी खर्च गरेकी छन् । ह्यारिसले ५९४ मिलियन डरल विज्ञापनमा खर्च गरेकी छन् । राजनीतिक विज्ञापनको वर्षाले ‘स्विङ’ राज्यहरूका मतदातालाई प्रभावित पार्न मद्दत गर्छ ।

बीबीसीबाट ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १९, २०८१  १७:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro