site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रवि लामिछानेको म्याद थपअघि पोखरामा आन्दोलन गर्दै रास्वपा
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सभापति रवि लामिछानेलाई म्याद थपका निम्ति अदालतमा पेस गर्ने दिन पोखरामा सशक्त आन्दोलन गर्ने तयारी गरेको छ । त्यसका निम्ति रास्वपा नेताहरू पोखरा जाने क्रम सुरु भएको छ ।

पार्टी उपसभापति तथा आन्दोलन सञ्चालन समितिका संयोजक डीपी अर्यालले आफूहरूको आन्दोेलन मंगलबार (भोलि) पोखरामा हुने जानकारी दिए ।

सहकारीको बचत रकम अपचलन प्रकरणमा यही कात्तिक २ गते लामिछानेलाई पक्राउ गरिएको हो । लामिछानेलाई कात्तिक ४ गते र ८ गते गरी दुईपटक म्याद थप गरिएको छ ।

लामिछानेका निम्ति थपिएको म्याद कात्तिक १४ गते नै सकिएको छ । तर, कात्तिक १५ देखि तिहार बिदाका कारण अदालत नखुलेकाले प्रहरीले उनलाई मंगलबार पुनः म्याद थपका निम्ति अदालतमा पेस गर्दै छ । रास्वपाले भने म्याद थपका लागि लैजाने दिन पोखराकेन्द्रित आन्दोलन चर्काउने तयारी गरेको छ ।

उपसभापति अर्यालका अनुसार, रास्वपाको आन्दोेलन मंगलबार म्याद थपको दिन भएकाले पोखरामा गरिने भए पनि रविको थुना वा रिहाइले यो रोकिने छैन ।

“हामी आन्दोलनका एजेन्डा र स्वरूपमा होमवर्क गरिरहेका छौँ । भोलि (मंगलबार) पोखरामा आन्दोलन हुन्छ । त्यसपछि कहाँ र कसरी आन्दोलन सञ्चालन गर्ने भन्ने विषयमा निर्णय गर्छौँ,” अर्यालले बाह्रखरीसँग भने, “सहकारी ठगीमा परेकाहरूको बचत फिर्ता गर्न यो सरकारले कुनै कदम चालको छैन । त्यसका लागि हामी आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने तयारीमा छौँ ।”

उनले मंगलबारको आन्दोलनका निम्ति केही नेता पोखरा पुगिसकेका र आफू भने काठमाडौंमै रहेको जानकरी दिए । आफू आवश्यकताअनुसार पोखरा जाने वा नजाने निर्णय गर्न छलफल भइरहेको उनले बताए ।

प्रकाशित मिति: सोमबार, कात्तिक १९, २०८१  १४:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro