राजनीति
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले चुनाव चिह्न कलम पाएको छ ।
आयोगले नेकपा एकीकृत समाजवादी र नेकपा एकीकृतबीचको एकतालाई मान्यता दिएर कलम चिन्ह प्रदान गरेको हो । माधवकुमार नेपाल नेतृत्वको पार्टीमा एकीकृत समाजवादीमा जीवन राई नेतृत्वको नेकपा एकीकृत समाहित भएको थियो ।
एकताअघि राई नेतृत्वको पार्टीको चिह्न कलम रहेको थियो ।
आयोगले मंगलबार कलम चिह्न प्रदान गर्ने निर्णय गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
प्रकाशित मिति: बुधबार, कात्तिक १०, २०७८ १७:२३
प्रतिक्रिया दिनुहोस्