site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अष्ट्रेलियाले आफ्ना नागरिकलाई देश छाड्नमा लगाएको प्रतिबन्ध हटायो 
Siddhartha BankSiddhartha Bank

बीबीसी । अष्ट्रेलियाले आफ्ना नागरिकहरूलाई बिनाअनुमति देशबाट बाहिरिन नपाउने नियम अर्को हप्तादेखि हटाउने भएको छ ।

अष्ट्रेलियनहरूले विश्वकै सबैभन्दा कडा सिमाना नियमको पछिल्लो १९ महिनादेखि पालना गरिरहेका थिए । कोभिड–१९ लाई नियन्त्रणमा राख्न सरकारले यस्तो उपाय अपनाएको हो ।

Agni Group
NIC Asia

आउँदो नोभेम्बर १ देखि कोभिड–१९ विरुद्धको पूर्ण डोज खोप लगाएकाहरूलाई देश छाड्न विशेष अनुमतिको आवश्यकता नपर्ने बताइएको छ । अहिलेका लागि यो नियममा केवल अष्ट्रेलियनहरूलाई समावेश गरिएको छ । तर, छिट्टै विदेशीहरूका लागि पनि धेरै नियम खुकुलो पारिने सरकारले जनाएको छ ।

गृहमन्त्री केरेन एन्ड्रयुजले आफ्नो बयानमा भनेका हुन्, “यो वर्ष अन्त्य हुनुअगाडि हामी पूर्ण डोज खोप लगाएका दक्ष कामदार र अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई पनि स्वागत गर्ने अपेक्षा गरिरहेका छौँ ।”

Global Ime bank

यसअघि, प्रधानमन्त्री स्कट मरिसनले नागरिकलाई तिनको जीवन फिर्ता दिने समय आएको उल्लेख गरेका थिए । सरकारको यो निर्णयलाई अष्ट्रेलियनसहित सबैले सकारात्मक मानेका छन् । किनकि, सीमा बन्द रहेकै कारण धेरै मानिस महामारी अवधिभरि आफ्ना परिवार र प्रियजनबाट अलग्गिएर बस्नुपरेको थियो ।

तर, अझै पनि क्वीन्सल्यान्ड र वेस्टर्न अष्ट्रेलियाजस्ता स्टेटहरूले खोप दर उच्च विन्दुमा नपुगेसम्म सिमाना बन्दै राखिने चेतावनी दिएका छन् ।

योभन्दा अगाडिसम्म अष्ट्रेलियन नागरिकले देश छाड्नुपर्दा विशेष कारण देखाएर अनुमति लिनुपर्ने हुन्थ्यो । अझै पनि अष्ट्रेलिया भित्रिनेसम्बन्धी नियममा भने कडाइ नै गरिएको छ । जसअन्तर्गत खोप नलगाएका मानिसले यात्रा गर्न विशेष अनुमति लिनुपर्ने हुन्छ र १४ दिनसम्म होटेल क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १०, २०७८  १३:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय