site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
न्यायालयमा राजनीति निषेध अभियान आवश्यक : न्यायाधीश समाज 
फाइल तस्बिर ।

काठमाडौं । न्यायाधीश समाजले जनताको आशा–भरोसाको केन्द्र न्यायालयमा मौलाएको राजनीतिक भागबन्डाले न्यायालय विकृत भएको जनाएको छ ।

समाजका उपाध्यक्ष बाबुराम रेग्मीले आज एक विज्ञप्ति जारी गर्दै न्याय परिषद्को संयोजनमा न्यायपालिकामा राजनीति भित्रिएको उल्लेख गरेका छन् । समाजले विज्ञप्तिमार्फत न्यायालयमाथि निष्पक्षताको पक्षमा प्रश्न खडा हुनु र भागबन्डा मौलाएको समाचारहरू सञ्चारमाध्याम र सामाजिक सञ्जालहरूमा प्रकाशन/प्रसारण हुनु दुःखद भएको उल्लेख गरेको छ ।

“...समस्त विकृति–विसंगतिको एउटा प्रमुख कारण न्याय परिषद्को संयोजनमा न्यायपालिकामा गरिएको राजनीतिक भागबन्डाको प्रभाव हो भन्ने हामीले ठानेका छौँ,” विज्ञप्तीमा भनिएको छ, “न्यायालमा अब राजनीति निषेध अभियान नै चलाउन आवश्यक भइसकेको छ ।”

यस्तै, समाजले न्यायालयको आन्तरिक शुद्धीकरण र सृदृढीकरणमा संविधानबमोजिम चालिने जुनसुकै कदमको पनि स्वागत गर्ने उल्लेख गरेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७८  १२:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro