site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
दर्ता गरेर मात्र व्यवसाय गर्न प्रशासनको निर्देशन
Siddhartha BankSiddhartha Bank

तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँले दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गर्न निर्देशन दिएको छ । चाडपर्वका अवसरमा प्रशासनले सोमबार दमौली बजारका मिठाई पसलको अनुगमन गर्दै बिनादर्ता व्यवसाय नगर्न व्यवसायीलाई निर्देशन दिएको हो ।

दसैँको सुरुआतदेखि थालिएको बजार अनुगमनलाई प्रशासनले निरन्तरता दिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले दर्ता नगरी सञ्चालन भएका पसललाई दर्ता गर्न निर्देशन दिइएको जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

मिठाई पसलमा गरिएको अनुगमनका क्रममा व्यवसायीलाई सरसफाइमा ध्यान दिन सुझाव दिइएको छ । यसैगरी खानेकुरा पकाउन प्रयोग गरिएको तेल एकपटकभन्दा बढी प्रयोग नगर्न सचेत गराइएको बरालले जानकारी दिए । “अनुगमनका क्रममा केही पसलले एउटै तेल धेरैपटक प्रयोग गरेको पाइएकाले नष्ट गरिएको छ”, उनले भने । 

सहायक प्रमुख जिल्ला अधिकारी बरालको नेतृत्वमा आन्तरिक राजश्व कार्यालय, घरेलु तथा साना उद्योग विकास कार्यालय, व्यास नगरपालिकालगायत कर्मचारीको सहभागितामा अनुगमन गरिएको छ । अनुगमनलाई निरन्तरता दिइने प्रशासनले जनाएको छ । चाडपर्वमा हुनसक्ने अनियमितता, कालोबजारी, बढी मूल्य असुली, मालसामानमा हुने गुणस्तरहीनतालगायत विषयमा सूचना लिई आवश्यकतानुसार स्थानीय तहसमेतको सहकार्यमा बजार अनुगमनलाई प्रभावकारी बनाइने प्रशासनले जानकारी दिएको छ । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७८  ०८:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय