site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
कार्यकर्ता रिहाइको माग गर्दै जनमत पार्टीले निकाल्यो सिटी जुलुस
SkywellSkywell

जनकपुरधाम । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले आफ्ना कार्यकर्ता छुटाउन माग गर्दै सिटी जुलुस निकालेको छ । सोमबार प्रदेश २ का जिल्ला सदरमुकामहरूमा कर्मचारी दुर्व्यवहार आरोपमा पक्राउ परेका कार्यकर्ता रिहाइको माग गर्दै सिटी जुलुस निकालेको हो ।

गएको बुधबार खानेपानी तथा ढल निकास कार्यालयका कर्मचारी राजेश्वर कुशवहालाई जनमत पार्टीका कार्यकर्ताहरूले अर्धनग्न बनाएर नगर परिक्रमा गराएका थिए । त्यसलगत्तै प्रहरीले कर्मचारीलाई दुर्व्यवहार गरेको आरोपमा १७ जनालाई पक्राउ गरेको थियो । 

Dabur Nepal
NIC Asia

आइतबार साँझ जनमत केन्द्रीय कार्यकारणी समितिको बैठकले भ्रष्टाचार, बेतिथि र कार्यकर्ता रिहाइको माग गर्दै सप्ताहव्यापी आन्दोलनको घोषणा गरेको थियो । सोही निर्णय अनुसार आज पहिलो दिन सिटी जुलुस निकालिएको हो ।

जुलुसमा सहभागी नेता तथा कार्यकर्ताहरूले ‘भ्रष्टाचारीलाई कारबाही गर, हाम्रा कार्यकर्तालाई रिहा गर, भ्रष्ट सरकार मुर्दावाद, भ्रष्टाचारीलाई संरक्षण गर्न पाइँदैन’ लगायतका नारा लगाएका थिए ।

जनमत पार्टीले पहिलो चरणको आन्दोलन अन्तर्गत भोलि मंगलबार प्रत्येक पालिकामा मोटरसाइकल र्‍याली, १० गते वडामा कोणसभा र मसाल जुलुस, ११ गते वडामा युवा दस्ता प्रशिक्षण र कात्तिक १२ गते जिल्ला सदरमुकाममा मसाल जुलुसल निकाल्ने तयारी गरेको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक ८, २०७८  १५:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro