site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । कीर्तिपुर नगरपालिकाले विभिन्न क्षेत्रगत कामलाई प्रभावकारी बनाउन १२ विषयगत समिति गठन गरेको छ । 

नगरपालिकाभित्र शिक्षा, स्वास्थ्य, सामाजिकलगायत गतिविधि सशक्त रुपमा सञ्चालन गर्ने उद्देश्यले ती समिति गठन गरिएका हुन् । शिक्षा तथा खेलकुद, सामान्य प्रशासन, शहरी पूर्वाधार, राजश्व तथा आर्थिक प्रशासन, सामाजिक विकास, नक्सा भवन नियमन तथा भूमि व्यवस्थापन, स्वास्थ्य, वातावरण, वन तथा फोहरमैला व्यवस्थापन, योजना अनुगमन तथा तथ्यांक, संस्कृति सम्पदा, ललितकला, पर्यटन तथा भाषा प्रवद्र्धन एवम् सम्बद्र्धन, आर्थिक विकास, सार्वजनिक खरिद जिन्सी तथा सम्पत्ति व्यवस्थापन र पुनःनिर्माण तथा विपद् व्यवस्थापन समिति गठन गरिएको हो । 

शिक्षा तथा खेलकुद समितिका संयोजकमा नगर प्रमुख रमेश महर्जन र सामान्य प्रशासन समितिका संयोजकमा उपप्रमुख सरस्वती खड्कालाई जिम्मेवारी दिइएको छ । प्रत्येक वडाध्यक्षलाई समेत विभिन्न समितिको संयोजक तोकिएको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार करिब ६५ हजार जनसंख्या रहेको उक्त नगरपालिकामा १० वडा छन् । 
नगर प्रमुख महर्जनले नगरभित्रका प्राचीन महत्वका मन्दिर, सम्पदा तथा स्मारकको संरक्षण गरी स्थानीयवासीलाई आवश्यक सेवा सुविधा उपलब्ध गराउन ती समितिले काम गर्ने बताउँदै प्रत्येक समितिमा तीनदेखि पाँच जनासम्म सदस्य तोकेर चाँडो पूर्णता दिइने जानकारी दिए । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १७, २०७४  १५:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC