site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
करिष्मा भन्छिन्– एमाले प्रवेश गर्न लागेको होइन
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नायिका करिष्मा मानन्धरले आफू एमालेमा प्रवेश गरेको वा गर्न लागेको हल्लामा सत्यता नरहेको प्रष्ट पारेकी छिन् । आफू तत्काल कुनै पनि राजनीतिक दलमा जाने मनस्थितिमा नरहेको उनले बताइन् ।

“मैले यस अगाडि पनि धेरै ठाउँमा भनिसकेको छु, म तत्काल कुनै पनि राजनीतिक दलमा जाने सोचमा छैन भनेर,” उनले भनिन्, “म चलचित्र बनाउँदैछु भनेर धेरैलाई थाहा पनि छ । कोही कसैलाई भेट्दैमा वा गफ गर्दैमा उसको पार्टीमा जान्छ भन्ने हुँदैन ।” 

KFC Island Ad
Dabur Nepal
NIC Asia

आफूलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको तर राजनीतिक विषयमा खासै धेरै कुरा नभएको उनको दाबी छ । अध्यक्ष ओलीसँगको भेटमा पार्टी प्रवेशका विषयमा कुरा नभएको उनले बताइन् ।

“अरु–अरु थुप्रै विषयमा कुरा भए । सिनेमा हलहरु बन्द  छन् । सिनेमा क्षेत्र बन्द छ अब कसरी सहज अवस्थामा फर्काउने भन्ने विषयमा कुरा भयो । चलचित्रका विषयमा कुरा भयो,” उनले भनिन्, “म अहिले मुन्द्रेको कमेडी क्ल्बमा रहेकाले यस विषयमा पनि कुरा भयो । मलाई लाग्छ यो स्वाभाविक पनि हो ।”

Royal Enfield Island Ad

राजनीतिक व्यक्तिलाई भेट्दैमा उसको पार्टीमा गइहाल्ने र विचार मन पर्यो भन्दैमा राजनीतिक दलमा आबद्ध भइहाल्ने भन्ने अनुमान र सोचाइ नै गलत भएको उनको भनाइ छ । 

कक्षा १२ काे परीक्षा दिइरहेकी करिष्मालाई ओलीले फोन गरेर परीक्षा के–कस्तो भइरहेको छ भनेर सोधेका थिए । त्यसपछि करिष्माले ओलीले राजनीतिकसँगै अन्य क्षेत्र र व्यक्तिबारे पनि चासो राख्ने गरेको भन्दै ओलीको प्रशंसा गर्दै धन्यवाद केपी बुबा भनेकी थिइन् ।  

“उहाँको नजिक बसेर विविध विषयमा उहाँको विचारहरु सुन्दा आनन्द आयो । सबै क्षेत्रका मानिसहरूलाई उत्तिकै महत्त्वका साथ लिनु भएकोमा र चासो मानेर कुरा सुनिदिनु भएकोमा आदरणीय केपी ओली ज्युलाई धेरै धन्यवाद,” ओलीसँगको भेटपछि उनीसँगको तस्बिरसहित करिष्माले लेखेकी थिइन् । 

करिष्मा डा. बाबुराम भट्टराई नेतृत्त्वको तत्कालीन नयाँ पार्टीमा केही समय सक्रिय भएकी थिइन् । उक्त पार्टीबाट बाहिरिएपछि उनी हालसम्म कुनै पनि राजनीतिक दलमा आबद्ध छैनन् । करिष्मा अब चलचित्र निर्माणमा सक्रिय हुने बताउँदै आएकी छिन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ५, २०७८  १४:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro